२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारचिकित्सकको आवश्यक दरबन्दी खुला गरेर सेवा प्रभावकारी बनाइनेछ : स्वास्थ्यमन्त्री

चिकित्सकको आवश्यक दरबन्दी खुला गरेर सेवा प्रभावकारी बनाइनेछ : स्वास्थ्यमन्त्री


हेटौडा—स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले संघीय तथा प्रदेश सरकार मातहत रहेका अस्पतालको स्तरोन्नती गरिने बताएका छन् । आइतबार समाजवादी प्रेस संगठनले हेटौडामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दैं मन्त्री खतिवडाले अस्पतालको स्तरोन्नतीसँगै आवश्यक चिकित्सकको दरबन्दी खुला गरेर सेवालाई गुणस्तरीय र प्रभावकारी बनाइने बताए ।

मन्त्री खतिवडाले कोभिड-१९ संक्रमणबाट प्रभावित र सो रोगबाट बच्न अन्य नागरिकलाई पनि सम्बन्धित उपकेन्द्रमा गएर खोप लगाउने काममा आफै सजग हुनुपर्ने विचार व्यक्त गरे । उनले छिमेकी देश भारत, चीन र मित्र राष्ट्र अमेरिकाबाट कोभिड-१९ संक्रमणका विरुद्धको खोप ल्याएर सबै नागरिकलाई लगाउने कार्यलाई तीव्रता दिन सरकार लागि परेको बताए । ‘हामीले १२ देखि १८ वर्ष उमेर समूहका बालबालिकालाई खोप लगाउने कार्यलाई जोड दिएका छौं,’ उनले भने ।

उनले दुर्गम भेगका जनतालाई स्वास्थ्य सेवा सुलभ ढंगबाट उपलब्ध गराउन पायक पर्ने स्थानमा छिट्टै स्वास्थ्य चौकीको स्थापना गर्ने र सरकारको छात्रवृत्तिमा अध्ययन गरेका चिकित्सकलाई करार सेवामा नियुक्त गरी स्वास्थ्य उपचार सेवालाई तीव्रता दिने सरकारको लक्ष्यका साथ गृहकार्य भइरहेको जानकारी दिए ।

मन्त्री खतिवडाले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित हेटौंडा अस्पतालको आइतबार नै निरीक्षण गरेर गुणस्तरीय स्वास्थ्य उपचार सेवा छिटो—छरितो सर्वसाधारण नागरिकलाई उपलब्ध गराउन निर्देशन दिए । उनले हेटौंडा अस्पताललाई सरकारका तर्फबाट अत्याधुनिक सुविधा समावेस भएको एउटा एम्बुलेन्स अस्पतालका रजिष्ट्रार राजेशप्रसाद प्रसाईलाई हस्तान्तरण गरे ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ