२०८२ असार १८, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसेपोब्याक्ट ड्राई सिरप औषधी गुणस्तरहीन, विक्री–वितरणमा रोक

सेपोब्याक्ट ड्राई सिरप औषधी गुणस्तरहीन, विक्री–वितरणमा रोक


काठमाडौँ – औषधी व्यवस्था विभागले केमिड्रग ईण्डष्ट्रिज प्रालि उत्पादन गरेको सेपोब्याक्ट ड्राई सिरप औषधीको विक्री–वितरणमा रोक लगाएको छ । विभागले सोमबार एक सूचना प्रकाशित गरी प्रालिले उत्पादन गरेको सो औषधी गुणस्तरहीन भएका कारण तत्काल विक्री–वितरणमा रोक लगाएको जनाएको हो ।

विभागका अनुसार बजार अनुगमनका क्रममा संकलन गरेको नमुना परीक्षणमा ब्याक्टेरिया फैलनबाट रोक्ने एन्टीबायोटिक्स सेपोब्याक्ट ड्राई सिरप (सेफोडोक्साइम प्रोसेटिल) नामक औषधी न्यून गुणस्तरको पाइएको हो  ।

विभागले बजारबाट तत्काल सो औषधी फिर्ता लिन समेत निर्देशन दिएको छ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ