२०८० मंसीर १७, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकोभिड खोप प्रमाण पत्रलाई मान्यता दिने नेपाल-भारतबीच सम्झौता

कोभिड खोप प्रमाण पत्रलाई मान्यता दिने नेपाल-भारतबीच सम्झौता


काठमाडौँ- नेपाल र भारतबीच कोभिड-१९ विरुद्ध दिइएको खोप प्रमाणीकरणको प्रमाण पत्रलाई मान्यता दिने सम्झौता भएको छ। मंगलबार स्वास्थ्य मन्त्रालयमा आयोजित कार्यक्रममा स्वास्थ्य सचिव डा. रोशन पोखरेल र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्‍वात्राले उक्त सम्झौता-पत्रमा  हस्ताक्षर गरेका हुन् ।

सम्झौताअनुसार भारतमा कोभिड विरुद्ध खोप लगाएर दिइएको प्रमाणपत्रलाई नेपालमा मान्यता दिइने छ भने नेपालमा खोप प्राप्त प्रमाणीकरण पत्रलाई  भारतमा मान्यता दिइनेछ। यससँगै खोप लगाएकाहरुले दुई देशका नागरिकहरुले अब नेपाल-भारत दुवै देशमा आवत-जावत गर्न सहज हुने भएको छ ।

दुई देशबीच खोप प्रमाणीकरणको सम्झौता भएको यो पहिलोपटक हो।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ