२०८० मंसीर १५, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकाउन्सिलले भन्यो-‘दर्तावाला चिकित्सकको विवरण र कागजात पूर्ण रुपमा गोप्य छ’

काउन्सिलले भन्यो-‘दर्तावाला चिकित्सकको विवरण र कागजात पूर्ण रुपमा गोप्य छ’


काठमाडौं—नेपाल मेडिकल काउन्सिल (एनएमसी)ले काउन्सिलमा दर्ता रहेका चिकित्सकको विवरण र कागजातहरु पूर्ण रुपमा गोप्य रहेको जनाएको छ । मंगलबार काउन्सिलका रजिष्ट्रार कृष्णप्रसाद अधिकारीले एक विज्ञप्ति जारी गर्दै दर्तावाला चिकित्सकको कुनै विवरण वा कागजात कतै सेयर नभएको बताएका छन् ।

‘दर्तावाला चिकित्सकको कुनै विवरण वा कागजात कतै सेयर नभएको र पूर्ण रुपमा गोप्य रहेको स्पष्ट गरिन्छ,’ डा. अधिकारीले भनेका छन् ।

हालै केही मिडियाहरुमा काउन्सिलको निर्वाचनमा उम्मेदवार बनेका केही उम्मेदवारहरुले काउन्सिलमा रहेको चिकित्सकका फोन नम्बर र काउन्सिलले चिकित्सकहरुलाई एसएमएस पठाउने नम्बर दुरुपयोग भएको भन्दैं समाचार प्रकाशित भएको थियो । समाचारहरुमा काउन्सिलमा रहेका चिकित्सकहरुको गोप्य डाटा लिक गर्न काउन्सिलकै पदाधिकारीहरुको भूमिका रहेको आरोप लगाइएको थियो ।

तर, काउन्सिलले त्यस्ता समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदैं मंगलबार विज्ञप्ति नै प्रकाशित गरेको हो ।

‘हालै केही अनलाइन पत्रिका र समाजिक सन्जालमा नेपाल मेडिकल काउन्सिलले प्रयोग गर्ने गरेको एमएमएस प्रणालीबाट हजारौं व्यक्तिलाई काउन्सिलका (पूर्व) पदाधिकारी संलग्न भै व्यक्तिगत प्रकृतिका सूचना म्यासेज गएको भन्ने व्यवहोरा सार्वजनिक भएको सूचनाप्रति काउन्सिलको गम्भीर ध्यानाकर्षण भएको छ,’ काउन्सिलको विज्ञप्तिमा छ, ‘प्रारम्भिक अनुसन्धानका आधारमा बुझ्दै जाँदा काउन्सिलमा दर्ता भएका चिकित्सकहरुलाई छोटो सूचना पठाउनका लागि विगतमा एक आईटी कम्पनीको फोन म्यासेज सेवा लिएको र सोही कम्पनीद्वारा एसएमएस म्यासेज तथा सूचना प्रवाहमा कोड नं. ३७८८८ प्रयोग भएको तर सो नम्बर ने.मे.का.को लागि मात्र नभएर अन्य प्रयोजनका लागि समेत प्रयोग भएको पाइयो ।’

साथै काउन्सिलले एमएमएस प्रकरणमा फोन नम्बरहरु फोन नम्बरहरु कसरी प्रवाह भएको थियो भन्नेलगायतका विषयमा थप जानकारीका लागि इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकको सूचना तथा प्रविधी केन्द्रलाई अनुरोध गरेको जनाएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ