२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारयी हुन् सिटीईभीटीका पिसिएल नर्सिङ पढाउन अनुमति पाउने ४५ कलेज

यी हुन् सिटीईभीटीका पिसिएल नर्सिङ पढाउन अनुमति पाउने ४५ कलेज


काठमाडौं—प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटीईभिटी) प्रमाणपत्र तह नर्सिङ कार्यक्रम (पिसिएल) नर्सिङको भर्ना आवेदन खुला गरेको छ । परिषद्ले २८ मंसिरसम्म भर्नाका लागि आवेदन माग गरेको छ ।

परिषद्ले यस पटक ४५ वटा नर्सिङ कलेजलाई पिसिएल नर्सिङ पढाउने अनुमित दिएको छ । पिसिएल नर्सिङ अनुमति पाएका सबै कलेजले ४० कोटा पढाउने अनुमति पाएको सिटीईभिटीका सदस्य सचिव जीवनारायण काफ्लेले हेल्थआवाजलाई जानकारी दिए ।

‘हामीले प्रमाणपत्र तह नर्सिङ कार्यक्रमका लागि भर्ना प्रक्रिया अगाडि बढाएका छौं,’ उनले भने, ‘विद्यार्थी भर्ना लिन पाउने सबै कलेजको सूची समेत प्रकाशित गरिसकेका छौं ।’ सदस्य सचिव  काफ्लेका अनुसार  प्रदेश नं. १ मा एउटा साझेदार शिक्षण संस्था र पाँच वटा निजीस्तरमा सञ्चालित गरी ६ वटाले अनुमति पाएका छन् ।

त्यस्तै, प्रदेश नं २ मा २ वटा आंगिक शिक्षण संस्था र ७ वटा निजीस्तरमा गरी ९ वटा, बागमती परदेशमा २१ वटा निजीस्तरमा संचालित शिक्षण सँस्था, गण्डकी प्रदेशमा ३ वटा निजीस्तरमा संचालित शिक्षण संस्था, लुम्बिनी प्रदेशअन्तरर्गत एउटा साझेदार शिक्षण संस्था र  ५ वटा निजीस्तरमा संचालित शिक्षण संस्थाले गरी ४५ वटा शिक्षण संस्थाले अनुमति पाएका हुन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ