२०८० चैत्र १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारमधुमेहले आँखामा पार्ने असरबारे तिलगंगाले सचेतना सप्ताह मनायो

मधुमेहले आँखामा पार्ने असरबारे तिलगंगाले सचेतना सप्ताह मनायो


काठमाडौं—तिलगंगा आँखा प्रतिष्ठानले मधुमेहले आँखामा पार्ने असरबारे सचेतना जगाउने उद्देश्यले सचेतना सप्ताह बनाएको छ । विश्व मधुमेह दिवसको अवसर पारेर ‘मधुमेह सेवाको पहुँचः अहिले नभएर कहिले ?’ भन्ने मूल नाराका साथ प्रतिष्ठानले २८ कात्तिकदेखि ४ मंसिरसम्म सचेतना सप्ताह मनाएको हो ।

सप्ताहमा प्रतिष्ठानले मधुमेहले आँखामा पार्ने असरबारे अस्पतालभित्रबाट जानकारीमूलक सामाग्री वितरण गर्नका साथै टेलिभिजन, रेडियो र सामाजिक सञ्जालबाट विभिन्न सचेतनामूलक सामाग्री प्रसारण गरेको थियो । यस्तै, साताभरि प्रतिष्ठान, प्रतिष्ठानका शाखा, सामुदायिक आँखा अस्पताल र आँखा केन्द्रहरुमा निःशुल्क मधुमेहका बिरामीलाई उपचार सेवा दिइएको प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानकाअनुसार यो अवधिमा ९९ जनाको निःशुल्क आँखा परीक्षण गरिएको छ भने १५ जनाले विशेष उपचार (लेजर थेरापी, अभाष्टिन इन्जेक्सन) सेवा लिएका छन् । संसारमा कुल अन्धोपनामध्ये ४.८ प्रतिशत डायबेटिक रेटिनोपेथीका कारणले हुने गरेको छ ।

अन्तर्राष्ट्रिय मधुमेह संघकाअनुसार संसारभर ४६ करोड ३० लाख मानिस मधुमेहबाट ग्रसित छन् । मधुमेहका कारण अन्धोपना, खुट्टा काट्नुपर्ने अवस्था, हृदय रोग, मिर्गौला काम नगर्ने अवस्थालगायतका स्वास्थ्य समस्या देखिने गर्छन् ।

हरेक तीन जनामध्ये एक जना मधुमेहका बिरामीले आफ्नो जीवनकालमा कुनै न कुनै किसिमको आँखाको समस्या ब्यहोर्नुपर्ने गरेको तथ्यांक छ ।

नियमित व्यायाम, सन्तुलिन आहार, नियमित स्वास्थ्य परीक्षण, तनाव व्यवस्थापनजस्ता कुराहरुमा ध्यान दिएर यसको क्षति ५० प्रतिशतसम्म रोक्न सकिने विज्ञहरु बताउँछन् ।

डाइबेटिक रेटिनोपेथी सम्बन्धि जनचेतना अभिवृद्धि गर्न सन् २०१४ देखि विश्व मधुमेह दिवसको अवसर पारेर तिलंगगा आँखा प्रतिष्ठानले डाइबेटिक रेटिनोपेथी दिवस मनाउँदैं आएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ