२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारत्रास सृजना गरेर भएपनि सूर्तिजन्य पदार्थ सेवनलाई निरुत्साहित गर्न पर्छ : स्वास्थ्यमन्त्री खतिवडा

त्रास सृजना गरेर भएपनि सूर्तिजन्य पदार्थ सेवनलाई निरुत्साहित गर्न पर्छ : स्वास्थ्यमन्त्री खतिवडा


काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले त्रास सृजना गरेर भएपनि सूर्तिजन्य पदार्थ सेवनलाई निरुत्साहित गर्न पर्ने बताएका छन्। नेपाल स्वास्थ्य अनुसन्धान परिषद् र स्वास्थ्य पत्रकारमञ्च नेपालले सयुक्त रुपमा आयोजना गरेको ‘सूर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन’ सम्बन्धी बैठकका उनले चिकित्सक तथा स्वास्थ्यकर्मीले कुनै डर सिर्जना गरेर भएपनि यसको सेवनलाई निरुत्साहित गर्नुपर्ने बताएका हुन् ।

सूर्तीजन्य पदार्थको सेवनले वर्षेनी धेरैले ज्यान गुमाएको देख्दा देख्दै पनि यसको कुलतबाट मानिस निस्किन नसकेको मन्त्री खतिवडाले जनाए। यसको साथै उनले सूर्तीजन्य पदार्थको नियन्त्रणका लागि बनेका ऐनलाई प्रभावकारी कार्यन्वयन गर्ने प्रतिबद्दता गरेका छन्।

कार्यक्रममा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले मासिक रुपमा कम्तीमा दुई अर्व रुपैयाँ नेपालीले चुरोटको धुवामा उडाउने गरेको उल्लेख गरे। अर्वौ रुपैयाँ उडाउनेभन्दा बढी मानवीय क्षति पु¥याउने उनको भनाई छ।

सुर्तिजन्य पदार्थको प्रयोगलाई नियन्त्रणका लागि आवश्यक परेमा मन्त्रालयबाट थप कदम चाल्ने स्वास्थ्य सचिव डा रोशन पोखरेलले जनाए। स्वास्थ्य पत्रकार मञ्च नेपालका अध्यक्ष रामप्रसाद न्यौपानेले नसर्ने रोगको प्रमुख कारक सूर्तिजन्य पदार्थको प्रयोगलाई निरुत्साहित गर्न नेपालका सञ्चारमाध्यमले सकारात्मक भूमिका खेल्दै आएको बताए।

त्यसैगरी, कार्यक्रममा शहीद गङ्गालाल हृदय केन्द्रका निर्देशक डा चन्द्रमणि अधिकारीले सूर्तीजन्य पदार्थको सेवनबाट धेरै मानिसलाई हृदयघातको खतरा रहेको बताए। उनले बताए अनुसार विगत १० वर्षमा हृदयघात हुने सङ्ख्या ४६ प्रतिशतले बढेको छ । सूर्ती नियन्त्रण तथा रोकथामका लागि नीतिमा थप संसोधन आवश्यक पर्न नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का कार्यकारी प्रमुख डा प्रदीप ज्ञवालीले उल्लेख गरे।

कार्यक्रममा बोल्दै एक्सन नेपालका अध्यक्ष आनन्दबहादुर चन्दले यसको नियन्त्रणका लागि कानून बने पनि कार्यान्वयन तह फितलो भएको बताए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ