२०८१ साउन ७, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपाल मेडिकल काउन्सिलको निर्वाचनः काठमाडौं उपत्यकामा मतदान जारी

नेपाल मेडिकल काउन्सिलको निर्वाचनः काठमाडौं उपत्यकामा मतदान जारी


काठमाडौं-नेपाल मेडिकल काउन्सिलको निर्वाचनमा काठमाडौं उपत्यका र काभ्रेको धुलिखेलमा मतदान जारी छ । शुक्रबार विहान १० बजेदेखि काउन्सिलको काठमाडौं उपत्यकाका केन्द्र र धुलिखेलस्थित केन्द्रमा मतदान जारी रहेको छ ।

काउन्सिलले उपत्यकामा शुक्रबार र शनिबार मतदानको समय तोकेको छ भने काभ्रेको धुलिखेलमा शुक्रबार मात्रै मतदान हुनेछ ।

काउन्सिलको निर्वाचनको मतदान काठमाडौं उपत्यकामा कमलादीस्थित प्रज्ञा प्रतिष्ठान र स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानमा भइरहेको छ । यस्तै, धुलिखेलमा स्कील ल्याबको भवनमा मतदान भइरहेको निर्वाचन समितिले जनाएको छ ।

काउन्सिलको एक उपाध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी परेको छ भने ८ जना सदस्यका लागि ३२ जनाको उम्मेदवारी परेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ