२०८१ असार २, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारमाओवादी नेता पुनलाई उपचारका लागि चीनको थर्ड पिपुल्स हस्पिटल लगियो

माओवादी नेता पुनलाई उपचारका लागि चीनको थर्ड पिपुल्स हस्पिटल लगियो


काठमाडौं—नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनलाई थप उपचारका लागि चीन लगिएको छ । विगत डेढ महिनादेखि थाइल्याण्डको समितिभेज अस्पतालमा उपचाररत पुनलाई चीनको सेन्जेनस्थित थर्ड पिपुल्स हस्पितलमा लगिएको हो ।

पुन केही समयदेखि जटिल प्रकारको जण्डिसको समस्या भोगिरहेका छन् । पूर्व अर्थ तथा उर्जामन्त्री समेत रहेका पुनसँगै उनकी श्रीमती ओनसरी घर्ति र छोरी शीला पनि बैककबाट चीन गएका छन् ।

समितिभेज अस्पतालमा उपचाररत पुनको स्वास्थ्य सुधार नदेखिएपछि उनलाई त्यहाँका चिकित्सकहरुको सल्लाहमा चीनको थर्ड पिपुल्स हस्पिटल लगिएको हो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ