२०८० मंसीर १७, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्यमन्त्रीको विज्ञ सल्लाहकारमा डा. रमेश ढकाल नियुक्त

स्वास्थ्यमन्त्रीको विज्ञ सल्लाहकारमा डा. रमेश ढकाल नियुक्त


काठमाडौं—डा. रमेश ढकाल स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाका विज्ञ सल्लाहकार नियुक्त भएका छन् । मंगलबार मन्त्रीस्तरीय निर्णयबाट ढकाल मन्त्रीका विज्ञ सल्लाहकार नियुक्त भएका हुन् ।

‘मलाई मंगलबार मन्त्रीस्तरीय निर्णय गरेर विज्ञ सल्लाहकारको जिम्मेवारी दिनुभएको हो,’ डा. ढकालले हेल्थआवाजसँग भने, ‘तर, पत्र आज मात्रै बुझेको छु ।’

उनले राष्ट्रिय चिकित्सक संघका महासचिव पनि हुन् । जनरल फिजिसियन डा. ढकाल शंकरापुर अस्पतालका निर्देशक समेत हुन् भने नेकपा एकीकृत समाजवादी कागेश्वरी मनोहरा नगरपालिका संगठन कमिटीका अध्यक्ष पनि हुन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ