गृहपृष्ठ ∕ समाचार ∕ रोग प्रतिरोधात्मक क्षमता र स्मरण शक्ति बढाउने यी दुई योगासन रोग प्रतिरोधात्मक क्षमता र स्मरण शक्ति बढाउने यी दुई योगासन हेल्थ आवाज शनिवार, २०७८ मंसिर ११ गते, ०५:३० मा प्रकाशित वृक्षको जस्तो माथि फैलिएर स्थिर रहने भएकाले यो आसनालाई वृक्षासन भनिन्छ । यो सन्तुलन कायम गर्ने आसनको वर्गमापर्छ । कुनै क्षेत्रमा सफलता प्राप्त गर्नको लागीलागि मन र तनलाई एकजुट र सन्तुलित हुन जरूरी छ। यस्तै, ताडासन एक योग अभ्यास हो जसले मांसपेशिहरुमा मात्र नभई सूक्ष्मातिसूक्ष्म मांसपेशीहरूमा पनि लचिलोपन निर्माण गर्दछ। र यस आसन ले शरीरलाई हल्का र आरामदायी बनाउन को साथ -साथ ढीला बनाउनमा ठूलो भूमिका खेल्दछ। वृक्षासन गर्ने विधि दुवै खुट्टा जोडेर हातलाई शरीरको दायाँ बायाँ राखी उभिनुहोस् । अब उभिएकै अवस्थामा जिउलाई एउटा मात्र खुट्टा (दाहिने गोडा) ले टेकेर राम्ररी सन्तुलनमा राखी दुवै हातको सहयोगले दायाँ खुट्टालाई खुम्च्याएर पैतालालाई तिघ्राको भित्री भागमा अड्याएर राख्नुहोस् । दुवै हातलाई नमस्कार मुद्रामा ल्याई एकैछिन शरीरलाई सन्तुलनमा राखी अडिनुहोस् । श्वास लामो गर्दै अगाडिको कुनै बिन्दुमा ध्यान केन्द्रित गर्दै रहनुहोस् । बिस्तारै श्वास लिँदैहातलाई टाउको माथि नमस्कार मुद्रामा नै राखी तन्काउनुहोस् । यस अवस्थामा हलचल नगरी वृक्षजस्तै स्थिर रहनुहोस् । यो आँखा खोलेर र अभ्यस्त हुँदै गएपछि आँखा बन्द गरेर पनि अभ्यास गर्न सकिन्छ । केहीबेर बसेपछि खुट्टा खोल्नुहोस् र पुनः बायाँ खुट्टाले टेकेर र दायाँलाई खुम्चाएर पहिले जस्तै सिलसिलाबद्ध अभ्यास गर्नुहोस् । फाइदा वृक्षासनको नियमित अभ्यासले शारीरिक सन्तुलन, मानसिक एकाग्रता र स्मरण शक्ति बढाउन मदत मिल्छ । तनाव, रिस, मानसिक चञ्चलता आदि घटाउन यो आसन सहयोगी छ । रक्त संचार प्रवाह गर्न मद्दत गर्छ । रोग प्रतिरोधात्मक क्षमता बढाउने । यो आसनले खुट्टालाई बलियो र सबल बनाउँछ । ताड़ासन गर्ने सरल विधि यसको लागी सबैभन्दा पहिला सिधा भएर उभिनुहोस र आफ्नो ढाड, कमर एवं गर्दन सीधा राख्नुहोस । अब आफ्नो दुवै हातहरु फैलाएर माथि गर्दै टाउको माथि ल्याउनुहोस र दुबै हातका औलाहरु एक आपसमा जोड्दै सङ्लो बनाएर माथितिर फर्काउदै, सांस लिदै बिस्तारै बिस्तारै पुरै शरीरलाई तन्काउनुहोस् | खिंचाव (तन्काई) लाई खुट्टाको औलाहरुबाट लिएर हातको औलाहरुसम्म महसूस गर्नुहोस । केहिबेर यो अवस्थामा बस्नुहोस र लामो तथा गहिरो श्वास लिने र छोड्ने गर्दै अनुभव महसूस गर्नुहोस । अब फेरी श्वास छोड्दै आफ्नो हात र शरीरलाई पहिलाकै अवस्थामालिएर आउनुहोस। यसरी यो एक चक्र पूरा भयो । यसलाई ३-४ चोटी अभ्यास गर्नुहोस । ताडासनका फाइदा शरीरको उचाई बढ़ाउछ, शरीरको वजन कम गर्छ , पीठ्युको दुखाई कम गर्छ , स्नायु एवं मांसपेशीकोदुखाई कम गर्छ, ताड़ासनले खुट्टामा मजबूती प्रदान गर्दछ, र, सम्पूर्ण शरीरको दुखाई र पीडाको लागी खाई धेरै हदसम्म कम गर्न सकिन्छ । सावधानी बढी मोटोपना र घुँडा दुखेको अवस्थामा अभ्यास नगर्नुहोस् । -स्रोत : राष्ट्रिय योगाक्रम पुस्तकबाट क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार एमबीबीएसको एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशित प्रति जैविक प्रतिरोध जनस्वास्थ्यको हकमा साझा र गम्भीर चुनौती :… मर्सदेखि इबोलासम्मः नेपालतर्फ बढ्दो आयातित संक्रमणको जोखिम १६७ रोपनी जग्गा दिँदा पनि बनेन प्रादेशिक अस्पताल भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकका डा. सुवेदी ललितपुरका फार्मेसीहरूमा औषधि व्यवस्था विभागको छड्के अनुगमन धेरै पढिएका १ शहीद मेमोरियल अस्पतालको अर्थोपेडिक्स विभागमा डा. कैलाशको नेतृत्वमा नयाँ टिम २ नर्सिङ पेसाका नबताइएका कथाहरू ३ भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकका डा. सुवेदी ४ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित ५ धन्वन्तरि जयन्ती : परम्पराको सम्मान, प्रमाणको कसौटी र पूरकताको बाटो ६ ओझेलमा परेका लैङ्गिक हिँसा सम्बन्धि सेवाहरू ७ ललितपुरका फार्मेसीहरूमा औषधि व्यवस्था विभागको छड्के अनुगमन TFN ट्रेण्डिङ फोक्सोलाई स्वस्थ राखौँ, सहज जीवन बिताऔँ ह्याम्स समूहको लगानी क्यूजे मोटर नेपालमा, पारस खड्का ब्रान्ड एम्बास्डर मर्सदेखि इबोलासम्मः नेपालतर्फ बढ्दो आयातित संक्रमणको जोखिम त्रिवि शिक्षण अस्पतालमा नेपाली चिकित्सकहरुले नै गरे एक वर्षमा ७ वटा कलेजो प्रत्यारोपण आँखा स्वास्थ्य सेवामा समर्पित डा. नाइतो ताकेशीलाई जापानका विदेशमन्त्रीको सम्मान प्रति जैविक प्रतिरोध जनस्वास्थ्यको हकमा साझा र गम्भीर चुनौती : महानिर्देशक भट्टराई हेल्थ फाउण्डेसन नेपालमा नयाँ कार्यकारी समिति, अध्यक्षमा पुनः डा. पौडेल शहीद मेमोरियल अस्पतालको अर्थोपेडिक्स विभागमा डा. कैलाशको नेतृत्वमा नयाँ टिम फोक्सोलाई स्वस्थ राखौँ, सहज जीवन बिताऔँ ह्याम्स समूहको लगानी क्यूजे मोटर नेपालमा, पारस खड्का ब्रान्ड एम्बास्डर मर्सदेखि इबोलासम्मः नेपालतर्फ बढ्दो आयातित संक्रमणको जोखिम त्रिवि शिक्षण अस्पतालमा नेपाली चिकित्सकहरुले नै गरे एक वर्षमा ७ वटा कलेजो प्रत्यारोपण आँखा स्वास्थ्य सेवामा समर्पित डा. नाइतो ताकेशीलाई जापानका विदेशमन्त्रीको सम्मान प्रति जैविक प्रतिरोध जनस्वास्थ्यको हकमा साझा र गम्भीर चुनौती : महानिर्देशक भट्टराई हेल्थ फाउण्डेसन नेपालमा नयाँ कार्यकारी समिति, अध्यक्षमा पुनः डा. पौडेल शहीद मेमोरियल अस्पतालको अर्थोपेडिक्स विभागमा डा. कैलाशको नेतृत्वमा नयाँ टिम