२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकोभिड अलर्ट : न्यूयोर्कमा संकटकाल घोषणा

कोभिड अलर्ट : न्यूयोर्कमा संकटकाल घोषणा


अमेरिकाको न्यूयोर्क राज्यमा बढ्दै गएको कोभिड-१९ संक्रमण अवस्थालाई मध्यनजर गर्दै संकटकाल घोषणा गरिएको छ। संक्रमण दर र अस्पतालमा भर्ना हुने बिरामीको दर बढ्दै गएको भन्दै न्युयोर्कका गभर्नर काथी होचुलले ‘विपद् आपतकाल’ घोषणा गरेका हुन् ।

उनले शुक्रबार बेलुका संकटकाल लागु गरेसँगै खोपको प्रयोगलाई पनि वृद्धि गर्ने बताएका छन्।

अमेरिकाको न्युयोर्क कोरोनाबाट सबैभन्दा बढी प्रभावित भएको छ । पछिल्लो २४ घण्टामा ५ हजार ७ सय ८५ नयाँ कोरोना संक्रमित थपिएका छन् ।

न्युयोर्क राज्यमा कोरोनाको सुरुवातदेखि अहिलेसम्म करिब ५८ हजार मानिसको मृत्यु भइसकेको छ । हालसम्म कुल २८ लाख केसहरू आएका छन्, जसमध्ये २३.२६ लाख निको भइसकेका छन् भने ४ लाखभन्दा बढी सक्रिय केसहरू छन्।

-एजेन्सी


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ