२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारओमिक्रोनलाई ‘भेरियन्ट अफ कन्सर्न’मा राखियो, यसको अर्थ हो ? खतरा कति छ ?

ओमिक्रोनलाई ‘भेरियन्ट अफ कन्सर्न’मा राखियो, यसको अर्थ हो ? खतरा कति छ ?

नेपाललाई उच्च सतर्कता अपनाउन डब्लूएचओको सुझाव


दक्षिण अफ्रिकामा भेटिएको कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ले विश्वमा नै हलचल मच्चाएको छ । यस भेरियन्टको कारणले पछिल्लो एक सातामा मात्र दक्षिण अफ्रिकामा २०० प्रतिशतभन्दा बढी केसहरू बढेको छ।

यो नयाँ भेरियन्ट डेल्टाभन्दा पनि खतरनाक रहेको बताइएको छ । भेरियन्टबाट हुन सक्ने खतरालाई ध्यानमा राख्दै धेरै देशहरूले दक्षिण अफ्रिकाबाट आउने यात्रुहरूलाई प्रतिबन्ध लगाएका छन्। विश्व स्वास्थ्य संगठन ( डब्ल्यूएचओ)ले ओमिक्रोन भेरियन्टलाई ‘ भेरियन्ट अफ कन्सर्न’को श्रेणीमा राखेको छ।

दक्षिण अफ्रिकापछि युरोपका बेल्जियम, जर्मनी, अष्ट्रेलिया र भारत लगायतका देशमा सो प्रजाति देखिएको छ। छिमेकी मुलुकमा समेत नयाँ प्रजाति देखिएसँगै सरकारले उच्च सतर्कता अपनाउने तयारी गरेको छ।

डब्लूएचओले ‘नयाँ भेरियन्ट अफ कन्सर्न’ ओमिक्रोन पत्ता लागेसँगै नेपाललगायत दक्षिण-पूर्वी एसियाका देशहरुलाई उच्च सतर्कता अपनाउन सुझाव दिएको छ । संगठनले आइतबार विज्ञप्ती जारी गर्दै सबै देशहरूले सर्भेलेन्स, सामाजिक दूरी, जनस्वास्थ्यका मापदण्ड साथै खोप कार्यक्रमलाई तीब्रतका साथ लानुपर्ने सुझाएको छ ।

भेरियन्ट अफ कन्सर्न के हो ? कुन आधारमा  डब्लुएचओले कुनै भेरियन्टलाई ‘भेरियन्ट अफ कन्सर्न’ घोषणा गर्छ? यो कत्तिको खतरनाक छ? र संगठनले अहिलेसम्म कति  ‘भेरियन्ट अफ कन्सर्न’को घोषणा गरेको छ?

के हो ‘भेरियन्ट अफ कन्सर्न’ ?

जब भाइरसको भिन्नता पहिचान हुन्छ तबविश्व स्वास्थ्य संगठनले त्यो भेरियन्टको बारेमा थप जान्नको लागि निगरानी गर्दछ। अनुगमनका लागि भाइरसलाई ‘भेरियन्ट अफ कन्सर्न’को श्रेणीमा राखिन्छ ।

यदि भाइरसको अध्ययन पछि सो भेरियन्ट द्रुत रूपमा फैलिरहेको र धेरै संक्रामक छ देखिएको छ भने यसलाई ‘भेरियन्ट अफ कन्सर्न’ को श्रेणीमा राखिएको हुन्छ ।

कस्तो-कस्तो भेरियन्टलाई यस क्याटोगोरीमा राखिन्छ ?

भेरियन्टको श्रेणी विभिन्न प्यारामिटरको आधारमा निर्धारण गरिन्छ। यी नयाँ स्वरूपलाई सो श्रेणीमा राख्न यी कुरामा ध्यान राखिन्छ ।

  • भाइरसको मूल संरचनामा कुनै पनि आनुवंशिक परिवर्तन हुनुपर्छ। जस्तै :- यसको प्रसारण बढ्ने, रोगको स्तर बढ्ने, खोपको प्रभाव कम हुने।
  • सामुदायिक प्रसार र त्यस प्रकारको कारणले गर्दा देशमा केसहरूको वृद्धि हुनु ।
  • नयाँ स्वरूपको निरन्तर अनुगमन पछि डब्लुएचओंले ‘भेरियन्ट अफ कन्सर्न’मा राख्छ।

कति खतरनाक छ ?

‘भेरियन्ट अफ कन्सर्न’मा राखिएको भेरियन्ट ज्यादा संक्रामक हुन्छन। यसले केसमा पनि वृद्धि गर्नुको साथै खोपको असर पनि कम हुन्छ। अहिलेसम्म संगठनले ४वटा  भेरियन्ट :- अल्फा, बिटा, गामा र डेल्टालाई भेरियन्ट अफ कन्सर्न’मा राखेको छ। यी चार प्रकारले विभिन्न देशहरूमा कहर सिर्जना गरेको थियो।

यसबाहेक इटा, आइओटा, कप्पा, जेटा, एप्सिलोन र थेटालाई पनि राखिएको थियो । तर यी भेरियन्टहरूको प्रभाव कम भएपछि तिनीहरूलाई यो सूचीबाट हटाइयो।

संगठनले यस भरियन्टबटा बच्नका लागि स्वास्थ्यका मापदण्ड नै ठुलो हतियार रहेको बताउंदै पालना गर्न आग्रह गरेको छ ।

-एजेन्सीको सहयोगमा

 

 


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ