२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्ट्रेस र एनजाइटी कम गर्ने योगासन

स्ट्रेस र एनजाइटी कम गर्ने योगासन


बालकले घेप्टो परेर सुत्दा देखिने आकृति बनाएर गरिने आसन भएकाले यो आसनलाई बालासन भनिएको हो । यो सबै उमेर समूहहरुका लागि लागी एक सजिलो योग मुद्रा हो । यस योगा निकै  सरल र धेरै प्रभावी आसन हो । जुन शरीरलाई लचीलो बनाउन र पाचन सुधार गर्नमा मद्दत गर्दछ।

बालासन योग

विधि

— यो विश्रामदायक आसन हो ।

— यसका लागि सर्वप्रथम पेटको बलले सुत्नुहोस् । दाहिनेतिर टाउकोलाई फर्काउनुहोस् । देब्रे
हातलाई टाउकोसँगै खुम्च्याएर हत्केला तल पर्ने गरी जमिनमा राख्नुहोस् ।

— देब्रे खुट्टा पनि त्यसरी नै खुम्च्याउनुहोस् र दाहिने हातको हत्केलामाथि फर्किने गरी शरीरसँगै सोझो पारी राख्नुहोस् ।
दाहिने खुट्टा पनि सोझोराख्नुहोस् ।

— यस अवस्थामा आँखा चिम्लने र सम्पूर्ण अङ्गहरूलाई हलुकासँग, शिथिल अवस्थामा राख्नुहोस् ।

— यसरी आफुलाई इच्छा लाग्ने जति अवस्थामा रहेर पुनः त्यसरी नै जिउ अर्कोतिर फर्काएर पनि अभ्यास गर्नुहोस् ।

— यस आसनको अभ्यास गर्दा शरीर र मनमा कुनै पनि बोझ नपर्ने गरी आनन्द किसिमले रहनुपर्छ ।

कुनै पनि श्रमदायक आसनहरूको अभ्यासपछि पनि यसको अभ्यासगर्न सकिन्छ । यो जति समयसम्म गरे पनि हुन्छ ।

— अब बालसयनासनबाट आँखा बन्द गरेकै अवस्थामा शरीरलाई सोझो बनाइ पिठको बलले उत्तानो पर्नुहोस् ।

— यसपछि दुवै हातको हत्केलालाई एक आपसमा रगडेर तातो बनाउँनुहोस् र हत्केलाले बन्द आँखालाई स्पर्श गरी सेक्नुहोस् र हत्केलालाई हेर्दे बिस्तारै आँखा खोल्नुहोस् । बायाँ कोल्टो हुँदै बस्नुहोस् ।

फाइदा

  • स्ट्रेस र एनजाइटी हटाउन मद्दत गर्छ।
  • सकारात्मक उर्जा बढाउँछ।
  • रक्तसंचार बढाउँछ।
  • शरीरको मांसपेसीहरु आराम र पीठको दुखाइबाट राहत मिल्ने गर्छ।
  • यो आसनको अभ्यासले बालसुलभ सरलता र आनन्दित भाव बढ्छ ।
  • यस आसनको अभ्यासबाट शारीरिक र
  • मानसिक थकान मेटिई स्फूर्ति प्राप्त हुन्छ ।
  • यसले एकाग्रता बढाउँछ र तनावजन्य रोगहरूमा फाइदा पु¥याउँछ ।

सावधानी

यो अभ्यास छाती बढी दुखेको अवस्थामा गर्नु हुँदैन ।

-राष्ट्रिययोग अभ्यास क्रमबाट


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ