काठमाडौँ – नेपाल मेडिकल काउन्सिलको निर्वाचन समितिले जारी गरेको पछिल्लो अपडेट अनुसार ३ हजार ७ मतको गणना भएको छ। पछिल्लो मतपरिणामअनुसार उपाध्यक्षको अग्रस्थानमा डा. शिवजी पौडेल नै रहेका छन्।
त्यस्तै, सदस्यमा डा. हुलास अग्रवालको अग्रता कायम नै छ ।
डा. पौडेलले सबैभन्दा बढी १ हजार ५ सय ४६ मत प्राप्त गरेका छन्। त्यस्तै, उनका प्रतिस्पर्धी डा. प्रमोदकुमार यादवको ९२९ मत र डा. रामपरिक्षण यादवको ३ सय २० मत ल्याएका छन् ।
त्यस्तै, सदस्यमा डा हुलास अग्रवालले सबैभन्दा बढी १ हजार ७ सय ३६, डा गुरुसरण शाहले १ हजार ३ सय ९६ , डा. तोसिमा कार्कीले १२०१, डा. कालुसिंह खत्रीले ११५६, डा. रोहित कुमार मिश्रले १०९५ मत प्राप्त गरेका छन्। काउन्सिलको निवार्चनको मतपरिणाम जारी छ।
हेरौ, कसले कति मत पाए ?
