२०८१ वैशाख १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारउपाध्यक्षमा डा. पौडेलकाे, सदस्यमा डा. अग्रवालको अग्रता कायमै

उपाध्यक्षमा डा. पौडेलकाे, सदस्यमा डा. अग्रवालको अग्रता कायमै


काठमाडौँ – नेपाल मेडिकल काउन्सिलको निर्वाचन समितिले जारी गरेको पछिल्लो अपडेट अनुसार ६ हजार २० मतको गणना भैसकेको छ। मतपरिणामअनुसार उपाध्यक्षको अग्रस्थानमा डा. शिवजी पौडेल नै रहेका छन्।

त्यस्तै, सदस्यमा डा. हुलास अग्रवालकै अग्रता कायम  छ ।

डा. पौडेलले सबैभन्दा बढी ३ हजार ३४४ मत प्राप्त गरेका छन्। त्यस्तै, उनका प्रतिस्पर्धी डा. प्रमोदकुमार यादवको १५४४ मत र डा. रामपरिक्षण यादवको ५१७ मत ल्याएका छन् ।

त्यस्तै, सदस्यमा डा हुलास अग्रवालले सबैभन्दा बढी ३१२९,  डा. तोसिमा कार्कीले २५४१, डा गुरुसरण शाहले २३८७, डा. कालुसिंह खत्रीले २३२६ मत प्राप्त गरेका छन्। काउन्सिलको निवार्चनको मतपरिणाम जारी छ।

हेरौ, कसले कति मत पाए ?

 


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ