२०८१ वैशाख ६, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचार७ हजार मतगणना हुँदा कसले कति पाए मत?

७ हजार मतगणना हुँदा कसले कति पाए मत?


काठमाडौँ – नेपाल मेडिकल काउन्सिलको निर्वाचन समितिले जारी गरेको पछिल्लो अपडेट अनुसार ७ हजार ३ मतको गणना भैसकेको छ। मतपरिणामअनुसार उपाध्यक्षको अग्रस्थानमा डा. शिवजी पौडेल नै रहेका छन्।

त्यस्तै, सदस्यमा डा. हुलास अग्रवालकै अग्रता कायम  छ ।

डा. पौडेलले सबैभन्दा बढी ३ हजार ८ सय ९४  मत प्राप्त गरेका छन्। त्यस्तै, उनका प्रतिस्पर्धी डा. प्रमोदकुमार यादवले १८२० मत र डा. रामपरिक्षण यादवले  ५९२ मत ल्याएका छन् ।

त्यस्तै, सदस्यमा डा हुलास अग्रवालले सबैभन्दा बढी ३५२०,  डा. तोसिमा कार्कीले २९५५,  डा. कालुसिंह खत्रीले २६८६, डा गुरुसरण शाहले २६८१, डा. कुन्जंग शेर्पाले २४१९  मत प्राप्त गरेका छन्। काउन्सिलको निवार्चनको मतगणनाको परिणाम जारी छ।

हेरौ, कसले कति मत पाए ?


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ