२०७८ माघ १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारएन्टीजेन परीक्षणमा पोजिटिभ आएका नमुना प्रयोगशालामा पठाउन स्वास्थ विभागको निर्देशन

एन्टीजेन परीक्षणमा पोजिटिभ आएका नमुना प्रयोगशालामा पठाउन स्वास्थ विभागको निर्देशन


काठमाडौं- स्वास्थ्य सेवा विभागले एन्टीजेन परीक्षणमा पोजिटिभ आएका नमुना जीन सिक्वेन्सिङका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउन निर्देशन दिएको छ।

सोमबार विभागले सूचना जारी गर्दै विमानस्थल र नाकामा एन्टीजेन परीक्षण पोजिटिभ आएका नमुनाको जीन सिक्वेन्सिङका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाउन निर्देशन दिएको हो।

विभागका अनुसार पछिल्लो समय कोभिडको नयाँ भेरियन्ट ओमीक्रोन पुष्टि भैरहेकोले एन्टीजेन परीक्षणमा पोजिटिभ आएका नमुना संकलन गरी जीन सिक्वेन्सिङका लागि प्रयोगशालामा पठाउन लागिएको हो।

स्वास्थ्य प्रयोगशालालाई सीमा नाकामा संकलित एन्टीजेन परीक्षण पोजिटिभ नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पु¥याउने कार्यमा सहजीकरण गर्न अनुरोध समेत गरेको छ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)