२०८० मंसीर १३, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारआज ९ लाख ७२ हजार डोज कोभिसिल्ड खोप आउँदै

आज ९ लाख ७२ हजार डोज कोभिसिल्ड खोप आउँदै


काठमाडौं – कोभिडविरुद्धको थप ९ लाख ७२ हजार डोज कोभिसिल्ड नेपाल आउन लागेको छ । कोभ्याक्स सुविधाअन्तर्गत सेरम इस्टिच्युट अफ इन्डियाले उत्पादन गरेको कोभिसिल्ड खोपको थप ९ लाख ७२ हजार डोज काठमाडौँ आउन लागेको हो ।

कोभ्याक्स सुविधाअन्तर्गत नेपाल आउन लागेको यो दोस्रो खेप हो। यसअघि पनि पहिलो खेपमा ७ लाख २५ हजार डोज आइसकेको छ । आज दिउँसोसम्ममा सो खोप आइपुग्ने स्वास्थ्य सेवा विभाग आपूर्ति शाखाका प्रमुख उपेन्द्र ढुंगानाले जनाएका हुन् ।

 उनका अनुसार केहि दिनपछि  थप ६ लाख डोज कोभिसिल्ड आउन भएको छ।

 


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ