२०८२ वैशाख १२, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपालमा २६७८९१ स्वास्थ्य जनशक्ति, सबैभन्दा बढी ६१४२१ नर्स र ६०२४२ अहेब

नेपालमा २६७८९१ स्वास्थ्य जनशक्ति, सबैभन्दा बढी ६१४२१ नर्स र ६०२४२ अहेब


काठमाडौं—नेपालमा २ लाख ६७ हजार ८ सय ९१ दर्ता रहेको स्वास्थ्य जनशक्ति रहेको पाइएको छ । नेपालको स्वास्थ्य जनशक्ति सम्बन्धि राष्ट्रिय रणनीति २०७७-२०७८ देखि २०८७-०८८) मा उक्त तथ्यांक उल्लेख छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रकाशित गरेको स्वास्थ्य जनशक्ति सम्बन्धी राष्ट्रिय रणनीतिमा विभिन्न २७ वटा वर्गमा स्वास्थ्य जनशक्तिलाई विभाजन गरिएको छ । जसमा सबैभन्दा बढी जनशक्ति जिष्टर्ड नर्सको जनशक्ति ६१ हजार ४ सय २१ जना रहेको छ । दोस्रोमा सहायक स्वास्थ्य कार्यकर्ता (अ.हे.ब.)को ६० हजार २ सय ४२ रहेको छ भने अनमी (सहायक स्वास्थ्य परिचारिका) ३५ हजार ९ जना दर्ता जनशक्ति रहेको छ ।

यस्तै, चौथो नम्बरमा चिकित्सा विज्ञान प्रयोगशाला व्यवसायी २९ हजार ९ सय २८ जनशक्ति रहेको छ । पाँचौ नम्बरमा रहेको चिकित्सकको जनशक्ति २८ हजार ४ सय ७७ छ । स्वास्थ्य सहायक (हे.अ.)को जनशक्ति १७ हजार ३ सय ६३ रहेको छ भने फार्मेसी व्यवसायीको जनशक्ति १४ हजार ७ सय २० छ ।

दर्ता भएका स्वास्थ्य जनशक्तिको संख्या

१. चिकित्सक (मेडिकल अधिकृत, दन्त चिकित्सक र विशेषज्ञ चिकित्सक) २८४७७
२. रजिष्टर्ड नर्स ६१४२१
३. अनमी (सहायक स्वास्थ्य परिचारिका)  ३५००९
४. मिडवाईफ १४
५. फार्मेसी व्यवसायी १४७२०
६. आयुर्वेद चिकित्सक ७९०
७. आयुर्वेद चिकित्साकर्मी ४२८१
८.  जनस्वास्थ्य व्यवसायी ५६०१
९. स्वास्थ्य सहायक (हे.अ.) १७३६३
१०. सहायक स्वास्थ्य कार्यकर्ता (अ.हे.ब.) ६०२४२
११.  चिकित्सा विज्ञान प्रयोगशाला व्यवसायी २९९२८
१२.  रेडियोग्राफी सम्बन्धी स्वास्थ्य प्राविधिक २७८८
१३. नेत्र विज्ञान सम्बन्धी स्वास्थ्य प्राविधिक २२४२
१४. दन्त विज्ञान सम्बन्धी प्राविधिक (दन्त सहायक) २२०१
१५. पुनःस्थापना सम्बन्धी स्वास्थ्य प्राविधिक १८९८
१६. एनेस्थेसिया सम्बन्धी स्वास्थ्य प्राविधिक ६५
१७. स्वास्थ्य शिक्षा सम्बन्धी स्वास्थ्य प्राविधिक १२८
१८. सुन्ने बोल्ने र कुरा गर्ने प्रविधी स्वास्थ्य प्राविधिक ९२
१९. प्राकृतिक चिकित्सा तथा योगा स्वास्थ्य प्राविधिक ७१
२०. अक्कुपन्चर सम्बन्धी स्वास्थ्य प्राविधिक १७४
२१. होमियोप्याथी विज्ञान तथा युनानी स्वास्थ्य प्राविधिक २२८
२२. अपरेशन थिएटर सम्बन्धी स्वास्थ्य व्यवसायी ९३
२३.  प्रोस्थेटिक आर्थिटिक सम्बन्धी स्वास्थ्य व्यवसायी १३
२४. पेशा विशेष लाग्ने रोग उपचार स्वास्थ्य प्राविधिक
२५. पफर््युजन टेक्नोलोजी सम्बन्धी स्वास्थ्य व्यवसायी ११
२६.  क्लिनिक मनोविज्ञान विशेषज्ञ २४
२५.  मृगौलाको डायलाईसिस, एम्ब्रियोलोजी, कार्डियोलोजी टेक्निसियन, फरेन्सिक मेडिसिन, टि.सि.एम.एम.टी.) १५

स्रोतः नेपालको स्वास्थ्य जनशक्ति सम्बन्धि राष्ट्रिय रणनीति २०७७—२०७८ देखि २०८७—०८८


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ