२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनर्सिङ काउन्सिलको अध्यक्षमा सरला केसी, सदस्यमा तुईतुई, पाण्डे र अर्याल सिफारिस

नर्सिङ काउन्सिलको अध्यक्षमा सरला केसी, सदस्यमा तुईतुई, पाण्डे र अर्याल सिफारिस


काठमाडौं-स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल नर्सिङ काउन्सिलको अध्यक्षमा सरला केसी सिफारिस गरेको छ । बिहीबार मन्त्रालयले केसीलाई काउन्सिलको अध्यक्षमा नियुक्त गर्न मन्त्रिपरिषद्मा सिफारिस गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतकाअनुसार उनकाे सिफारिसको फाइल मन्त्रिपरिषद् पठाइसकिएको छ । उनी पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान स्कुल अफ नर्सिङकी डिन हुन् ।

यस्तै, काउन्सिलका सदस्यहरुमा रोशनी तुईतुई, रमा पाण्डे र शारदा अर्याललाई सिफारिस गरिएको छ ।  तुईतुई वीर अस्पतालको नर्सिङ प्रमुख हुन् भने पाण्डे विनायक नर्सिङ क्याम्पसकी प्रिन्सिपल हुन् ।

यस्तै, सदस्यमा सिफारिस भएकी अर्याल वीर अस्पतालकी नर्स हुन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ