२०८१ भदौ २४, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारराप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति सिफारिसका लागि सर्च कमिटी गठन

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति सिफारिसका लागि सर्च कमिटी गठन


काठमाडौं—राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति सिफारिसका लागि स्वास्थ्यमन्त्री विरोध खतिवडाको नेतृत्वमा तीन सदस्सीय सर्च कमिटी गठन गरिएको छ । बिहीबारको क्याबिनेटको बैठकले वर्तमान उपकुलपति प्रा.डा. संगीत भण्डारीको कार्यकाल २६ मंसिरमा सकिन लागेपछि सर्च कमिटी गठन गरेको हो ।

उक्त सर्च कमिटीमा स्वास्थ्य सचिव डा. रोशन पोखरेल र नेपाल मेडिकल काउन्सिलका अध्यक्ष प्रा.डा. भगवान कोइराला सदस्य रहेका छन् । सर्च कमिटीले उपकुलपतिका आवेदन माग गर्नेछ ।

आवेदकमध्येबाट तीन जनाको नाम सर्टलिष्ट गरेर प्रधानमन्त्री तथा प्रतिष्ठानका कुलपतिलाई सिफारिस गर्नेछ । सिफारिस भएका तीन नामबाट एक जनालाई प्रधानमन्त्रीले प्रतिष्ठानको उपकुलपति नियुक्त गर्नेछन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ