२०८१ साउन ७, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारवीर अस्पतालमा कार्यरत एक प्रयोगशाला प्राविधिक सेवाबाट बर्खास्त

वीर अस्पतालमा कार्यरत एक प्रयोगशाला प्राविधिक सेवाबाट बर्खास्त


काठमाडौँ –  वीर अस्पतालमा कार्यरत एक प्रयोगशाला प्राविधिक सेवाबाट बर्खास्त भएका छन् । स्वास्थ्य मन्त्रालयले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालका  छैटौं तहमा कार्यरत ल्याब टेक्निसियन शोभा चन्द्र मिश्रलाई सेवाबाट बर्खास्त गरिएको सूचना जारी गरी जनाएको हो ।

लोकसेवा आयोगको उजुरी तथा विभागीय सजाय मरामर्श शाखाको निर्णय अनुसार स्वस्थ्य सेवा ऐन २०५३ को दफा ७४ को उपदफा १ को खण्ड ज बमोजिमको कसुरमा मिश्रलाई सेवाबाट बर्खास्त गरिएको मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ