२०८० मंसीर २०, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्यमन्त्री खतिवडाको निर्देशनमा टेकु अस्पतालको इमर्जेन्सी सेवा निःशुल्क

स्वास्थ्यमन्त्री खतिवडाको निर्देशनमा टेकु अस्पतालको इमर्जेन्सी सेवा निःशुल्क


काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाको निर्देशनमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुको इमर्जेन्सी सेवा निःशुल्क हुने भएको छ । सबै सरकारी अस्पतालबाट निःशुल्क स्वास्थ्य सेवा दिलाउने लक्ष्यअन्तर्गत पहिलो चरणमा टेकुबाट सुरु  गर्न लागिएको हो ।

सो व्यवस्थाले नेपाल सरकारको स्वास्थ्यसम्बन्धी नीति तथा कार्यक्रम पनि कार्यान्वयनमा आउने मन्त्री खतिवडाका प्रेस सल्लाहकार शन्तराम बिडारीको उल्लेख गरेका छन् । उनका अनुसार यसका लागि आवश्यक सहजीकरण र व्यवस्थापनमा मन्त्रालयले सहयोग गर्ने भएको छ ।

कोभिड-१९ तेस्रो लहरले हुन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै  नागरिकको स्वास्थ्यको हक सुनिश्चित गर्न टेकु अस्पतालले   १९ मङ्सिरबाट इमर्जेन्सी सेवा निःशुल्क गर्ने भएको हो  ।यसका लागि आवश्यक सहजीकरण र व्यवस्थापनमा मन्त्रालयले सहयोग गर्ने भएको छ ।

निःशुल्कअन्तर्गत टिकेट, उपचार शुल्क, रगत परीक्षण, सिविसी, आरबीएस, युरिया क्रियटिभ, सोडियम, पोटासियम, युरिन आरएमइ, स्टुल आरएमइ, एक्सरे चेस्ट, इसिजी, ब्लड ग्रुपिङ, सिटी स्क्यानलगायतका सेवा रहेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ