२०८० मंसीर १९, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारथप २४६ जनामा कोभिड-१९ पुष्टि, मृत्यु शून्य

थप २४६ जनामा कोभिड-१९ पुष्टि, मृत्यु शून्य


काठमाडौँ – देशभर थप २४६ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पीसीआर परीक्षणबाट २२३ र एन्टिजेन परीक्षणबाट २३ जनाको कोभिड संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा थप ३४७ जना कोरोनामुक्त भएका छन् । यससँगै हालसम्म ८ लाख ३ हजार ७१६ जना कोरोनामुक्त भएका छन् ।
यस्तै, पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको मृत्यु भएन । लामो समयपछि मृत्यु हुनेको स‌ख्या शून्य भएको हो ।

अहिले देशभर सक्रिय संक्रमितको संक्रमितको संख्या ६ हजार ९२१ छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ