२०८० मंसीर १४, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारविदेशमा एमबीबीएस अध्ययन गरिरहेका विद्यार्थीले सम्बन्धित देशमै पढाइ पूरा गर्नुपर्ने

विदेशमा एमबीबीएस अध्ययन गरिरहेका विद्यार्थीले सम्बन्धित देशमै पढाइ पूरा गर्नुपर्ने


काठमाडौसरकारले विदेशी विश्वविद्यालयमा एमबीबीएस अध्ययन गरिरहेका तर कोभिडको समयमा नेपाल आएर पढ्न जान नपाएका विद्यार्थीहरुको अध्ययन सम्बन्धित विश्वविद्यालयमा नै उपस्थित भएर अध्ययन पूरा गर्नुपर्ने निर्णय गरेको छ ।

विद्यार्थीहरूलाई सम्बन्धित देशमा फर्कने वातावरणा सरकारले कुटनीतिक तवरले मिलाइदिने निर्णय समेत गरेको छ । शुक्रबार शिक्षा, विज्ञान प्रविधी मन्त्री देवेन्द्र पौडेलको अध्यक्षातामा बसेको बैठकले विदेशका विभिन्न शिक्षण संस्थाहरुमा अध्ययनरत नेपाली विद्यार्थीहरु कोभिड-१९ को महामारीको अवधीमा नेपाल फर्किआएको र बन्दाबन्दीका कारण अध्ययन गर्न जान नपाएको विद्यार्थीलाई सम्बधीत विश्वविद्यालयमा नै उपस्थित भएर अध्ययन  निरन्तरता दिनका लागि सरकारले कुटनीतिक पहल गर्ने निर्णय गरेको छ ।

‘कोभिडको कारण नेपाल आएर बन्दाबन्दी कारण अध्ययन पुरा गर्न जान नसकेका विद्यार्थीलाई सम्बन्धीत विश्वविद्यालयमा नै उपस्थित भइ पढ्ने वातावरणका लागि सरकारले पहल गर्नेछ,’ बैठकपछि जारी विज्ञप्तीमा भनिएको छ, ‘त्यसका लागि सरकारले सम्बन्धीत देशमा कुटनीतिक पहल गरिदिने छ ।

बैठकमा चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष, निर्देशक, मेडिकल काउन्सिलका अध्यक्ष र रजिष्टार, विश्वविद्यालयका उपकुलपती र डिन तथा स्वास्थ्य मन्त्रालयका उच्च अधिकारीको उपस्थिती थियो ।

चिनमा एमबीबीएस अध्ययनरत गरिरहेका विद्यार्थीले कोभिडको कारण भौतिक रुपमा कक्षा लिन जान नसकेका कारण नेपालमै बसेर बाँकी समय अध्ययन गर्न पाउनुपर्ने माग राख्दै आएका थिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ