२०८० मंसीर २१, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारमोडर्ना खोप १२देखि १७ वर्षका उमेरसमूहलाई दिइने

मोडर्ना खोप १२देखि १७ वर्षका उमेरसमूहलाई दिइने


काठमाडौँ – सरकारले कोभिड-१९विरुद्धको मोडर्ना खोप १२देखि १७ वर्ष उमेरसमूहलाई दिने भएको छ । आइतबार बसेको खोप सल्लाहकार समितिको बैठकले मोडर्ना खोप १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई दिने निर्णय गरेको हो ।

बैठकले सो खोप एक साताभित्रै लगाउने तयारी गरेको छ । विश्व स्वास्थ्य संगठनले १२ वर्ष माथिकालाई पनि मोडर्ना खोप दिन अनुमति दिएको छ ।

कोभ्याक्स सुविधाअन्तर्गत हाल मोडर्ना खोप १ लाख ८८ हजार डोज आएको हो।

अमेरिकी औषधी निर्माता कम्पनी मोडर्नाले कोरोना भाइरसविरुद्ध विकास गरेको खोप किशोरकिशोरीहरूमा शतप्रतिशत प्रभावकारी देखिएको दावी गरेको  छ । मोडर्ना खोप २८ दिनको अन्तरमा दुई डोज लगाउनु पर्छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ