२०८० मंसीर २१, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपालमा दुई जनामा देखियो ओमिक्रोन भेरियन्ट

नेपालमा दुई जनामा देखियो ओमिक्रोन भेरियन्ट


काठमाडौँ – नेपालमा पनि दुई जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार आयोजना गरेको  पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयका सह-प्रवक्ता समिर अधिकारीले  दुई जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको जानकारी दिए।

उनका अनुसार संक्रमितमध्ये एकजना ६६ वर्षीय विदेशी नागरिक र उनीसँग सम्पर्कमा रहेका अर्का ७१ वर्षीय वृद्धमा संक्रमण पुष्टि भएको हो  ।

‘अफ्रिकाबाट गत ३ मंसिरमा ६६ वर्षीय व्यक्ति हवाईबाटो हुँदै नेपाल छिरेका थिए । नेपाल प्रवेश गर्दा  पीसीआर रिपोर्ट नेगेटिभ पाइएको र  खोपको मात्रा पुरा गरेको पाइएको थियो,’सह-प्रवक्ता अधिकारीले भने,’तर, ७ मंसिरमा ६६ वर्षीय ती व्यक्ति र उनीसँग सम्पर्कमा आएका ७१ वर्षका अर्का व्यक्तिमा कोभिड १९संग मिल्दा जुल्दा लक्षण देखिएको थियो । त्यसपछि परीक्षण गराउँदा कोभिड पोजेटिभ देखिएको थियो ।’

संक्रमण पुष्टि भएपछि दुवैको नमूना राष्ट्रिय जनस्वाथ्य प्रयोगशाला जीन सिक्वोन्सिङ गर्दा ओमिक्रोन भेरियन्ट पुष्टि भएको हो । उनीहरु दुवैको  स्वास्थ्य अवस्था सामान्य रहेको र आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

ओमिक्रोनको जोखिम न्यूनीकरण गर्न सरकारले तीव्र रुपमा काम अघि बढाइरहेको सह-प्रवक्ता अधिकारीले जानकारी दिए । उनका अनुसार सरकारको निर्देशनमा जनस्वास्थ्यमा ध्यान दिएर प्रवेश नाकामा एन्टीजेन परीक्षण, शंकास्पद बिरामीको जीन सिक्वोन्सिङ, आवतजावतको लागि कोभिड खोप कार्डको विवरण लिने कार्य भैरहेको  छ ।

मन्त्रालयले यसको जोखिमबाट बच्न सबैले स्वास्थ्यका मापदण्ड पालना गर्न समेत आग्रह गरेको छ । हालसम्म विश्वमा ३५ देशहरुमा गरी ५ सय ७४ जनामा ओमिक्रोनको पुष्टि भैसकेको छ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ