२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचार१५ नर्सिङ कलेजको पिसिएल नर्सिङ अध्यापनमा रोक

१५ नर्सिङ कलेजको पिसिएल नर्सिङ अध्यापनमा रोक


काठमाडौं—प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटीईभिटी)ले स्नातक तहका नर्सिङ कार्यक्रमहरु सञ्चालन गरिरहेका १५ कलेजले पिसिएल नर्सिङ अध्यापन गराउन रोक लगाएको छ । बुधबार एक सूचना प्रकाशित गर्दै परिषद्ले चिकित्सा शिक्षा आयोगको १० मंसिरको पत्रअनुसार पिसिएल नर्सिङ अध्यापन रोक लगाएको हो ।

परिषद्ले ७ मंसिरमा उक्त १५ कलेजलाई पनि नर्सिङतर्फको पिसिएल अध्ययन गराउन पाउने पत्र पठाएको थियो । सोहीअनुसार कलेजहरुले विद्यार्थी भर्नाको प्रक्रिया समेत अगाडि बढाएका थिए । तर, आयोगले १० मंसिरमा परिषद्लाई पत्र लेख्दैं ती १५ वटा कलेजलाई पिसिएल नर्सिङ अध्यापन गराउन दिने परिषद्को निर्णय चिकित्सा शिक्षा ऐनको दफा ४२ र चिकित्सा शिक्षा आयोगको गत साउन ३० को निर्णय प्रतिकूल भएकोले भर्ना स्थगत गर्न भनेको थियो ।

सोहीअनुसार परिषद्ले बुधबार सूचना नै जारी गरेर मोरङस्थित नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल प्रा.लि., पर्सास्थित नेशनल मेडिकल कलेज, ललिपुरस्थित बीएण्डबी नर्सिङ कलेज, चितवनस्थित नारायणी सामुदायिक हस्पिटल, चितवनस्थित कलेज अफ मेडिकल साइन्सेज, ललिपुरस्थित अल्का इन्स्टिच्युट अफ मेडिकल साइन्स, काठमाडौंस्थित नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान, काठमाडौंस्थित मोडल हस्पिटल स्कुल अफ नर्सिङ, ललितपुरस्थित मनमोहन मेमोरियल इन्स्टिच्युट अफ हेल्थ साइन्स, काठमाडौस्थित ओम हेल्थ क्याम्पस, कास्कीस्थित मणिपाल मेडिकल कलेज, पाल्पास्थित लुम्बिनी मेडिकल कलेज शिक्षण अस्पताल, रुपन्देहीस्थित देवदह मेडिकल कलेज, बाँकेस्थित नेपालगन्ज नर्सिङ क्याम्पस रहेका छन् ।

यी क्याम्पसले पिसिएल नर्सिङका लागि विद्यार्थी आवेदन लिएमा उक्त आवेदन शुल्क फिर्ता गर्न र अन्य कलेजमा भर्ना हुन समेत परिषद्ले निर्देशन दिएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ