२०८१ साउन ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारओमिक्रोन पुष्टि भएका दुईजना संक्रमणमुक्त

ओमिक्रोन पुष्टि भएका दुईजना संक्रमणमुक्त


काठमाडौँ – नेपालमा नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएका दुईजना  व्यक्ति कोभिडमुक्त भएका छन् । स्वास्थ्य मन्त्रालयले मंगलबार गरेको पिसिआर परीक्षणमा दुवैको पिसिआर  रिपार्ट नेगेटिभ आएको मन्त्रालयका प्रवक्ता डा‌. समीरकुमार अधिकारीले जानकारी दिए ।

 प्रवक्ता डा‌.  अधिकारीका अनुसार दुवैको स्वाब परीक्षण गराउँदा  आइतबार ओमिक्रोन संक्रमण पुष्टि भएको थियो।

दक्षिण अफ्रिका हुँदै नेपाल आएका ६६ वर्षीय र ७१ वर्षीय दुई व्यक्तिमा ओमिक्रोन भेरियन्ट पुष्टि भएको थियो। ती विदेशी नागरिक मंसिर ३ गते ओमिक्रोन पुष्टि भएको देश हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल प्रवेश गरेका थिए। मंसिर ७ गते कोभिड १९ सँग मिल्दाजुल्दा लक्षणहरू देखिएपछि परीक्षण गर्दा उनीहरू दुवैमा कोरोना संक्रमण पुष्टि भएको थियो।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ