२०८० मंसीर १५, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनीति, योजना र अनुगमनमा डा. लोहनी, जनसंख्या व्यवस्थापन र समन्वय हेर्ने जिम्मा यादवलाई

नीति, योजना र अनुगमनमा डा. लोहनी, जनसंख्या व्यवस्थापन र समन्वय हेर्ने जिम्मा यादवलाई


काठमाडौं—स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले १२ औं तहका दुई प्रमुख विशेषज्ञलाई कामको जिम्मेवारी तोकिदिएका छन् । दुई हप्ता अघि बढुवा भएका तीन प्रमुख विशेषज्ञमध्ये डा. गुणराज लोहनीलाई मन्त्रालयको नीति, योजना तथा अनुगमन र गुणस्तर मापन महाशाखा हेर्ने गरी जिम्मेवारी दिइएको छ ।

अर्का प्रमुख विशेषज्ञ डा श्यामशुन्दर यादवलाई जनसंख्या व्यवस्थापन महाशाखा र समन्वय महहाशाखा हेर्ने जिम्मेवारी तोकिएको छ ।

सँगै बढुवा भएका अर्का प्रमुख विशेषज्ञ डा. भिमसिंह तिंकरीलाई भने तत्काल कुनै पनि जिम्मेवारी तोकिएको छैन । केही समयदेखि कलेजो सम्बन्धी रोगका कारण विदामा रहेका कारण उनलाई जिम्मेवारी नतोकिएको मन्त्री निकट स्रोतले जानकारी दियो ।

प्रमुख विशेषज्ञको मन्त्रालयअन्र्तगत ४ दरबन्दी रहेका छन् । जसमा स्वास्थ्य सेवा विभागको महानिर्देशक १, वीर अस्पतालमा १ र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा २ रहेको छ ।

नयाँ थप भएको संगठन संरचनाअनुसार वीर अस्पतालमा १२ औं तहको निर्देशकको दरबन्दी रहेतापनि हाल १० औं तहका चिकित्सक डा. भुपेन्द्र वस्नेतले निमित्त कार्यकारी प्रमुखको रुपमा काम गरिरहेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ