काठमाडौँ – सरकारले १८ वर्षभन्दामाथिका सबैलाई कोभिड विरुद्धको पहिलो डोज खोप दिइने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहिबार सूचना जारी गरी काठमाडौं उपत्यकामा तोकिएका विभिन्न खोप केन्द्रबाट खोप दिने जनाएको हो।
मन्त्रालयका अनुसार १० बजेदेखि बेलुका ३ बजेसम्म १८ वर्षभन्दामाथिका सबै नागरिकलाई कोभिसिल्ड, भेरोसेल र एस्ट्राजेनेकाको कोरोनाविरुद्धको खोप लगाइने छ। भक्तपुर जिल्लामा भने गर्भवती महिलालाई पनि खोप दिइने छ।
काठमाडौंमा लोट्से भवन (नयाँ बसपार्क),शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु), वीरेन्द्र सैनिक अस्पताल (छाउनी), सशस्त्र प्रहरी बल अस्पताल (बलम्बु), सहिद मेमोरियल अस्पताल (कलंकी), नेपाल प्रहरी अस्पताल (महराजगञ्ज), वीर अस्पताल (महाबौद्ध) र वयोधा अस्पताल (बल्खु)बाट खोप दिइने मन्त्रालयले जनाएको छ।
यस्तै, परोपकार प्रसूतीगृह तथा स्त्री रोग अस्पताल (थापाथली), निजामती कर्मचारी अस्पताल (मिनभवन) र एपेक्स पोलीक्लिनिक, (जडीबुटी) पनि कोरोनाविरुद्धको खोप दिइने छ।
यता, ललितपुरमा पाटन अस्पताल (छवा–बहाल जनस्वास्थ्य शाखा, सैबु स्वास्थ्य चौकी, लुभु प्राथमिक स्वास्थ्य केन्द्र (इमाडोल स्वास्थ्य चौकी ), गोदावरी नगरपालिका ( बज्रबाराही चापागाँउ अस्पताल, बाडेगाँउ प्राथमिक स्वास्थ्य केन्द्र,लेले प्राथमिक स्वास्थ्य केन्द्र, बागमती गाँउपालिमा ( भट्टेडाँडा स्वास्थ्य चौकी, कोन्जोसोम गाँउपालिका (चौघरे स्वास्थ्य चौकी र महांकाल गाँउपालिका (गोटिखेल स्वास्थ्य चौकी बाट खोप लिन सकिन्छ।
त्यस्तै, भक्तपुरमा ख्वप अस्पताल (च्यामसिंह, भक्तपुर) मा बिदाको दिन बाहेक बिहान १० देखि १ बजे सम्म खोप दिइने मन्त्रालयले जनाएको छ। नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल (थिमी) मा बुधबार र शुक्रबार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म खोप दिइने छ।
यी हुन् तोकिएका खोप केन्द्र?
