२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारट्रमा सेन्टर आफै ट्रमामा, दैनिक २५ वटा अप्रेसन हुन्थे अहिले १० मात्रै (फोटो फिचरसहित)

ट्रमा सेन्टर आफै ट्रमामा, दैनिक २५ वटा अप्रेसन हुन्थे अहिले १० मात्रै (फोटो फिचरसहित)


काठमाडौं—कुनै पनि दुर्घटनामा परी चाडोभन्दा चाडो उपचार गर्ने देशको एकमात्र राष्ट्रिय ट्रमा सेन्टर यतिबेला आफै ट्रमामा परेको छ । घाइतेको तत्काल शल्यक्रिया ज्यान बचाउने उद्धेश्यले बनाइएका ५ वटा आधुनिक शल्यक्रिया कक्षमध्ये अहिले २ वटा मात्रै संचालनमा छन् ।

५ वटा शल्यक्रिया कक्ष सञ्चालन हुँदा दैनिक २२ देखि २५ वटा शल्यक्रिया हुँदैं आएकोमा अहिले घटेर ८ देखि १० वटामा आइपुगेको एक शल्यचिकित्सक बताउँछन् ।

तीन महिना अघिसम्म संचालनमा रहेको आकस्मिक शल्यक्रिया कक्ष अहिले भताभुंग पारिएको छ । (हेर्नोस तस्विरमा) तत्काल शल्यक्रिया गर्नुपर्ने बिरामी आएमा अन्य शल्यक्रिया कक्ष (जहाँ नियमित अवस्थामा शल्यक्रिया गर्ने गरिन्छ) खाली भएको अवस्थामा मात्र हुने गरेको छ ।

नियमित अन्य शल्यक्रिया गर्ने कक्ष खाली नहुँदा आकस्मिक रुपमा ठूला अप्रेसन गर्नुुपर्ने बिरामीलाई अन्यत्र रेफर गर्ने गरिएको ट्रमाको इमर्जेन्सी विभागका काम गर्ने एक नर्स बताउँछिन् । ‘यहाँ अप्रेसन हुन छोडेको तीन महिना भयो,’ नाम उल्लेख नगर्ने शर्तमा उनले भनिन्, ‘ठूलो आकस्मिक शल्यक्रिया गर्नुपर्ने बिरामीलाई माथिको ओटी खाली भए सोधेर उतै पठाउने गरिएको छ । नत्र अन्यत्रै (बाहिरका अस्पताल)पठाइदिने गरेका छौं ।’ यदि सामान्य शल्यक्रिया गर्नुपर्ने बिरामीलाई इमर्जेन्सी अगाडि राखिएका बेडलाई कपडाले बेरर त्यही गर्ने गरेको उनले बताइन् ।

शल्यक्रिया कक्ष कम भएसँगै शल्यक्रिया गरिने संख्यामा पनि कमी आएको छ । शल्यक्रिया गर्ने संख्या कम भएसँगै विभिन्न वार्डबाट वेड निकालेर थन्क्याइएको छ । ‘झण्डै ३५ प्रतिशत बेड थन्काइएको छ,’ अस्पतालका अर्का कर्मचारीले भने, ‘दैनिक २० देखि २५ जना बेड नभएको भन्दै भर्ना नगरी फर्काउन थालिएको छ ।’ पहिले वार्डको एक च्याम्बरमा ८ वटा वेड राखेर बिरामीको उपचार गरिदैं आएकोमा अहिले त्यो घटाएर तीन वटामा झारिएको छ । ट्रमामा सुरु भएको विस्तारित स्वास्थ्य सेवा (इएचएस) अन्र्तगतको शल्यक्रिया पनि कटौती गरिएको छ । यो सेवा अन्तर्गत पहिले दिनमा ८ वटा शल्यक्रिया हुने गरेकोमा अहिले त्यसलाई २ वटामा झारिएको छ ।

अस्पतालका कार्यकारी निर्देशक डा. प्रमोद यादव भने नर्सिङ स्टापमा कमी भएका कारण इएचएस अन्तर्गतको शल्यक्रिया गर्ने संख्यामा मात्र कटौती गरिएको बताउँछन् । ‘अन्य सेवाहरु कुनै कमी छैन, इएचएस घटाएर प्रतिदिन २ वटामा झारिएको मात्र हो,’ डा. यादव भन्छन्, ‘समायोजनले नर्सिङ स्टाफ कम भएका कारण तत्काललाई कम गराएका हौं । केही समयपछि पुनः सुरु हुन्छ ।’ उनले दशै तिहारको समायमा शल्यक्रिया कम हुने भएकाले पछि पुनः संचालन गर्ने बताए । बेड संख्या कम गरेको विषयमा जिज्ञासा राख्दा डा. यादवले इएचएस सेवा कम गरेपछि बिरामीको संख्या स्वतः कम भएर बेड कम गरिएको दावी गरे ।

डा. यादवकाअनुसार ट्रमामा १ सय ४७ नर्सिङ स्टाफ दरबन्दी रहेकोमा समायोजनका कारण अहिले ९२ मात्र कार्यरत रहेका छन् ।

 

 

वार्डबाट निकालेर थन्काइका बेडहरू

भताभुंग अप्रेसन थिएटर

क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ