२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचार‘लागू औषध कानूनको संशोधनमा सरकारको ध्यान पुगेन’

‘लागू औषध कानूनको संशोधनमा सरकारको ध्यान पुगेन’


काठमाडौँ – लागू औषध कानूनको संशोधनमा सरकारको ध्यान नगएको रिकभरिङ नेपालका प्रमुख कार्यकारी अधिकृत विष्णु शर्माले बताए। संस्थाले शुक्रबार आयोजना गरेको पत्रकार अन्तरक्रिया कार्यक्रममा उनले लागू औषध कानून संसोधनमा सरकारको ध्यान नगएको बताएका हुन्।

उनले पछिल्लोपटक पनि संशोधन गर्न भन्दै विधेयकको ड्राफ्ट तयार गरेपनि गृह मन्त्रालयको लागू औषधी शाखामै अड्किएको गुनासो पोखे। ‘पटक–पटक सरकार परिवर्तन भइरहँदा विद्येयक अड्किएको र ऐन संशोधन हुन नसक्नु साच्चिकै चिन्ताको विषय हो,’ प्रमुख कार्यकारी अधिकृत शर्माले भने।

कार्यक्रममा बोल्दै अधिवक्ता रुप नारायण श्रेष्ठले नेपालको ऐन तथा नीति राम्रो भएपनि कार्यान्वयन निकै फितलो रहेको जनाए।

नेपालमा लागू औषध प्रयोगकर्ताको संख्या वर्षेनी बढ्दै गइरहेको छ । गृहमन्त्रालयले  हालसम्म यसको प्रयोगकर्ता १ लाख ३० हजार माथि छ। जसमा पुरुष मात्र ९३.३ प्रतिशत र महिला ६.७ प्रतिशत रहेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ