काठमाडौं—सरकारले प्रतिबन्ध लगाएको एन्टीबायोटिकको कालोबजारी गरी बेचबिखन भइरहेको पाइएको छ । कान्तिपुर भेट डिष्ट्रिब्युटर्स प्रा.लि. ललितपुरले हल्याण्ड बनेका प्रतिबन्धित कोलस्टीन सलफेन एन्टीबायोटिक ल्याएर नेपालमा खुलमखुल्ला बेच्ने गरेको पाइएको छ ।
१९ मंसिरमा हेल्थआवाजले कोलिस्टीन सलफेट डेमोक्सन कान्तिपुर भेट डिष्ट्रिब्युटर्स र कोलिभेट भाटभटेनी डिष्टीब्युटर्स
उक्त प्रतिबन्धित एन्टीबायोटिक नेपालमा ल्याएर बेचिरहेको समाचार प्रकाशित गरेको थियो । दुई वटा कम्पनीमध्ये कान्तिपुर भेट डिष्ट्रिब्युटर्सका सञ्चालक ऋषि बरालले आफ्नो कम्पनीले दुई वर्षअघि सो औषधी ल्याउने गरेतापनि अहिले ल्याउन छोडेको र बिक्री वितरण पनि नगरेको दावी गरेका थिए ।
तर, हेल्थआवाजलाई प्राप्त सो डिष्ट्रिब्युटर्सको बिलमा कोलस्टिन सलफेट २१ अगष्ट २०२१ मा बिक्री वितरण गरेको पाइएको छ । हल्याण्डका दुई वटा ब्राण्ड कोलि—४८०० र एरिसेरिल ब्राण्ड १०० एमएलको क्रमसः ६० र ९६ रुपैयाँमा बिक्री गरेको देखिन्छ ।
ती दुवै औषधी सन् २०२१ को अप्रिल र मार्चमा बनेका छन् भने एक्स्पायर डेट २०२४ सम्म छ । यस्तै, कान्तिपुर भेटले नेपालमा दर्ता नै नभएको भारतीय कम्पनीको लेभिफ्ल्याक्स पनि बजारमा पठाइरहेको पाइएको छ । भारतको नेचुरल हर्बस एण्ड फर्मास्युटिकल्स प्रा.लि. उत्पादन गरेको सो औषधी नेपालमा खुल्ला रुपमा बिक्री वितरण भइरहेको छ ।
कान्तिपुर भेट र भाटभटेनीले डिष्ट्रिब्युटर्सले प्रतिबन्धित कोलस्टिन सलफेट बिक्री वितरण गरेको समाचार प्रकाशित भएतापछि औषधी व्यवस्था विभागले कान्तिपुर भेटमा अनुगमन गरेको थियो । ‘हामीले कान्तिपुर भेटको कार्यलय र वायरहाउसमा अनुगमन ग¥यौं,’ विभागका प्रवक्ता सन्तोष केसीले भने, ‘तर, त्यहाँ ल्याइएको, स्टक राखिएको र बिलिङ गरिएको कुनै पनि प्रमाण पाइएन् ।’ तर, हेल्थआवाजलाई प्राप्त चार महिनाको अगाडिको कान्तिपुर डिष्ट्रिब्युटर्सको बिलमा यी तीनै औषधी एक भेटनोफार्ममा पठाइएको पाइएको छ ।

३ भदौं २०७६ मा बसेको औषधी सल्लाहकार समितिको ५० औं बैठकबाट बैठकले उक्त फुड—एनिमल प्रडक्सन ९एन्टीबायोटिक० नेपालमा उत्पादन तथा बिक्री वितरणमा रोक लगाउने निर्णय गरेको थियो । उक्त निर्णयपछि औषधी व्यवस्था विभागले सार्वजनिक सूचना नै जारी गरेर कच्चा पदार्थ ल्याइसकेको भए नेपालमा ६ महिनाभित्र उत्पादन तथा बिक्री वितरण गरिसक्नुपर्ने र विदेशी उत्पादन आयात गरिएको भए तीन महिनाभित्रमा स्टक क्लरेन्स गरिसक्न निर्देशन दिएको थियो ।
यो एन्टीबायोटिक जनावरको चाडो वृद्धिका लागि प्रयोग गरिएतापनि मानिसमा लाग्ने रोगको रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि सञ्चित गर्न भारतलगायतका विभन्न देशहरुले बिक्री वितरणमा प्रतिबन्ध लगाएका छन् । यस्तै, जापान, मलेसिया, अष्ट्रेलिया, बंगलादेश, श्रीलंका, थाइल्याण्ड, इन्डोनेसिया, भियतनाम, सिंगापुर, भारत र धेरै युरोपियन देशहरुले यसमा प्रतिबन्ध लगाएका छन् ।