२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्य क्षेत्रमा मेयर शाक्यले के-के गरे ?

स्वास्थ्य क्षेत्रमा मेयर शाक्यले के-के गरे ?


काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले कोभिड महामारीको उपचारका लागि ९ वटा सरकारी र सामुदायिक अस्पताललाई करिब ११ करोड ६० लाख रुपैयाँ बराबरका ४६ थान भेन्टिलेटर सहयोग गरेको बताए। आफू निर्वाचित भएर आएपछि महानगरपालिकाले गरेका कामहरुको प्रगति विवरण सार्वजनिक गर्ने क्रममा उनले उक्त जानकारी दिएका हुन्।

साढे चार वर्षको अवधिमा उले वडा २, ९, ११, २०, २१, २२ र ३० गरी सात वटा वडामा नयाँ स्वास्थ्य क्लिनिक स्थापना गरी महानगरपालिकाको सबै वडाहरुमा स्वास्थ्य क्लिनिक सञ्चालनमा ल्याएको, छत्रपाटी निःशुल्क चिकित्सालय र नरदेवी आयुर्वेद अस्पतालयमा कोभिड विशेष अस्पताल र राधास्वामी आइसोलेसन केन्द्र स्थापना गरिएको समेत जानकारी दिए।

उनले विशेषज्ञ स्वास्थ्य सेवा सुधारका लागि त्रिवि शिक्षण अस्पताललाई सिटी स्क्यान मेसिन खरिद गर्न, १० वटा भेन्टिलेटर मेसिन उपलब्ध गराइएको, वीरेन्द्र सैनिक अस्पताललाई डाइलासिस मेसिन खरिद, शहीद गंगालाल ह्रदय केन्द्रलाई अक्सिजन प्लन खरिद सहयोग गरी प्लान्ट सञ्चालनमा अएको, रगतका तत्व छुट्याउने मेसिन किन्न कान्ति बाल अस्पताललाई सहयोग गरेको विवरणमा उल्लेख गरेका छन् ।

यस्तै, उनले डाक्टरसहित ५ हजार ७ सय ७१ जना ज्येष्ठ नागरिकको घरमा गएर निःशुल्क स्वास्थ्य परीक्षण गरिएको र ज्येष्ठ नागरिकको स्वास्थ्य बीमा सुरु गरिएको पनि जानकारी पनि दिए ।

मेयर शाक्यले विरेन्द्र सैनिक अस्पतालमा १० बेडको निःशुल्क मिर्गौला डाइलासिस सेवा सुरु गरेको बताए। उनले भने,’स्वस्थ्य मिर्गौला, स्वस्थ्य काठमाडौं कार्यक्रमअन्तर्गत मिर्गौला बचाउ अभियान चलाइएको छ ।’

त्यसबाहेक जलेका विरामीको उपचारमा आवश्यक पर्ने उपकरण खरिदका लागि कीर्तिपुर अस्पताललाई सहयोग, अक्सिजन प्लान्ट स्थापना गर्न मनमोहन अस्पताल, दक्षिणकालीलाई सहयोग गरिएको पनि उल्लेख गरेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ