२०८१ असार ३०, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचार१० वर्षपछि अल्कासँग डा. अंशुमालीको सहकार्य तोडियो, १ करोड लगानीमा जावलाखेलमा सेन्टर चलाउँदैं

१० वर्षपछि अल्कासँग डा. अंशुमालीको सहकार्य तोडियो, १ करोड लगानीमा जावलाखेलमा सेन्टर चलाउँदैं


काठमाडौं—वरिष्ठ इन्डोक्राइनोलोजिष्ट डा. अंशुमालीले जोशीले १० वर्ष लामो अल्का अस्पतालसँगको सहकार्य अन्त्य गरेका छन् । १ पुसदेखि औपचारिक रुपमा लागु हुने गरी डा. जोशीले अल्कासँगको सहकार्यमा ब्रेक लगाएका हुन् ।

झण्डै १० वर्षअघि अल्का अस्पतालमा आवद्ध भएका उनले ६ वर्षअघिदेखि अल्का अस्पताल परिसरमै छुट्टै काठमाडौं डाइबटिज एण्ड थाइराइड सेन्टर सञ्चालन गर्दै आएका थिए । अल्का अस्पताल र काठमाडौं डाइबटिज एण्ड थाइराइड सेन्टरबीच बिरामीलाई रिफर अल्कामा गर्नेलगायतका कुरामा सहकार्य रहेको थियो ।

‘काठमाडौं डाइबटिज एण्ड थाइराइड सेन्टर पहिला अल्काभित्र चल्थ्यो । अहिले पनि त्यही सेन्टर हामीले अलग ठाउँमा सिफ्ट ग¥यौं,’ नयाँ ठाउँमा क्लिनिक सेटअपको चटारोका माझ डा. जोशीले हेल्थआवाजसँग भने, ‘यससँगै हाम्रो अल्कासँगको झण्डै १० वर्ष लामो सहकार्य टुट्यो ।’ उनकाअनुसार काठमाडौं डाइबटिज एण्ड थाइराइड सेन्टर र अल्का अस्पतालबीच बिरामीहरु एडमिट गर्ने र रिफर गर्नेलगायतका विषयमा सहकार्य रहेको थियो । अल्कासँग सहकार्य तोडिएपछि काठमाडौं डाइबटिज एण्ड थाइराइड सेन्टरले भर्ना गर्नुपर्ने बिरामीका लागि सुमेरु सिटी अस्पतालसँग सहकार्य अगाडि बढाएको छ ।

तर, काठमाडौं डाइबटिज एण्ड थाइराइड सेन्टरले भाडा भने अल्का अस्पताल तिर्ने गरेको थियो । अहिले ठाउँलगायतका समस्याका कारण अल्कासँगको सहकार्य अन्त्य गर्नुपरेको दावी डा. जोशीले गरे । ‘त्यहाँको ठाउँ अलि कन्जस्टेड, सानो भयो । भौतिक संरचना पनि सुहाउँदो भएन,’ उनले भने, ‘बिरामीको फ्लोअनुसार ठाउँ उपयुक्त नभएपछि नयाँ ठाउँको खोजी एक वर्षदेखि गरिरहेका थियौं । त्यही क्रममा चोकमै यो ठाउँ भेट्टाएपछि हामी सरेका हौं ।’

१० जना कर्मचारीबाट सुरु भएको काठमाडौं थाइराइड एण्ड डाइबटिज सेन्टरमा अहिले झण्डै २६ जना कर्मचारी कार्यरत छन् । सेवालगायतका कारण पछिल्लो समय उनका बिरामीहरुको संख्या पनि दिनदिनै बढ्दो क्रममा छ । अल्का अस्पतालको पनि यसमा सहयोग रहेको भन्दैं उनले धन्यवाद दिए ।

जावलाखेल चोककै नयाँ भवनमा दोस्रो तलमा ४ हजार स्क्वायर फिटमा सेन्टरको नयाँ सेटअप भइरहेको छ । जसमा डा. जोशीले झण्डै १ करोड बढी लगानी गरेका छन् । डाइबटिज र थाइराइडका लागि आवश्यक सबै सेवा गरी सेन्टरको नयाँ सेटअप भइरहेको उनले जानकारी थिए । जसमा ल्याब, एक्सरे, अल्टासाउण्ड, इकोलगायतका सुविधा पनि हुनेछन् भने भवनको भुँइतलामा फार्मेसी हुनेछ ।

नयाँ ठाउँबाट सेन्टरले सोमबारबाटै ओपीडी सेवा सुरु गर्ने तयारी गरेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ