२०८१ असार २, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारमानव अधिकार आयोग भन्छ, ‘सरकारले दिने सबै औषधी स्वास्थ्य चौकीमा पाइदैन’

मानव अधिकार आयोग भन्छ, ‘सरकारले दिने सबै औषधी स्वास्थ्य चौकीमा पाइदैन’


मानव अधिकार आयोगले सरकारले नि:शुल्क वितरण गर्ने भनिएको सबै औषधी स्वास्थ्य चौकीमा नपाइने बताएको छ। आयोगले जारी गरेको ७६/७८को वार्षिक प्रतिवेदनमा आयोगले उक्त कुरा औल्याएको हो।

आयोगले आधारभूत स्वास्थ्य अधिकारको क्षेत्रमा कामहरू भए पनि अवस्था अपेक्षित नभएको बताएको छ । आयोगका अनुसार निःशुल्क वितरण गरिने भनी घोषणा गरिएका औषधीहरू अधिकाँश स्वास्थ्य चौकीमा पूर्णरूपमा प्राप्त गर्न कठिन छ । सामान्य औषधीको अभावमा मानिसहरुले ज्यान गुमाउनु पर्ने अवस्था छ।

स्वास्थ्य संस्थाहरूले बिरामी दर्तामा समेत नागरिकबाट रकम लिने गरेको र विशेषज्ञ चिकित्सकको अभावमा नागरिकहरू जिल्ला बाहिर गएर उपचार गर्न बाध्य रहेको आयोगको प्रतिवेदनमा उल्लेख छ।

 


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ