काठमाडौँ – संघीय संसदको अधिवेशनमा सहभागी हुने सबै सांसदहरुको कोरोना परीक्षण सुरु भएको छ । भोलि हुन लागेको अधिवेशनका लागि एन्टिजेन परीक्षण सोमबार अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, स्काइ लाइट हल, नयाँ बानेश्वरमा ११ बजेबाट सुरु भएको हो।
एन्टीजेन विधिबाट कोरोना परीक्षण भएपछि मात्र संसद भवनभित्र छिर्न दिइने छ। हाल कोभिड-१९को संक्रमणको जोखिमलाई मध्यनजर गर्दै कोरोना परीक्षण गर्न लागिएको संसद् सचिवालय जनाएको छ।
संघीय संसदका महासचिव तथा सचिवहरु, कार्याव्यवस्था महाशाखा, संसद सुविधा व्यवस्थापन महाशाखा, प्रशासन महाशाखा, प्रविधि व्यवस्थापन महाशाखा, कानुनी परामर्श महाशाखा लगायतका सम्बन्ध्ति महाशाखाकाका कर्मचारीहरु, मर्यादापालक एवं सुरक्षाकर्मीहरुको कोरोना परीक्षण हुने बताइएको छ।