२०८१ असोज १९, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्य मन्त्रालय प्रशासनतर्फका २ सह-सचिवसहित एक दर्जन कर्मचारी सरुवाको तयारी, को-को आउँदै ?

स्वास्थ्य मन्त्रालय प्रशासनतर्फका २ सह-सचिवसहित एक दर्जन कर्मचारी सरुवाको तयारी, को-को आउँदै ?


काठमाडौँ–स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रशासनतर्फका २ सह-सचिवसहित प्रशासनतर्फका झण्डै एक दर्जन कर्मचारी सरुवाको तयारी भएको छ ।

स्वास्थ्यमन्त्री विरोध खतिवडाले आफूलाई काम गर्न सहज हुने गरी मन्त्रालयका कर्मचारी ल्याउने तयारी स्वरुप दुई सहसचिव, उपसचिव, अधिकृत र सुब्बासम्मका झण्डै एक दर्जन कर्मचारीको नामावली संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाइसकेको मन्त्रीको सचिवालयका एक सदस्यले बताए ।

‘मन्त्रीज्यूले टिम मिलाएर काम गर्न सहज होस भनेर चाहनुभएको छ, ’ मन्त्री सचिवालय स्रोतले भन्यो ‘त्यसको लागि पहिलो चरणमा प्रशासनतर्फकका १० बढी कर्मचारीको साटफेर गर्न सामान्यमा नामावली गइसकेको छ ।’ यद्यपी दुवै सहसचिवबाहेक अन्य कर्मचारीको नाम भने उनले खुलाउन चाहेनन् ।

मन्त्री निकट स्रोतअनुसार मन्त्री खतिवडाले वित्त आयोगमा रहेका सहसचिव मदन भुजेल र युवा तथा खेलकुद मन्त्रालयका सह-सचिव विष्णुराज  ढकाललाई स्वास्थ्यमा ल्याउने तयारी गरेका छन् । उनीहरुसँगै काम गर्न सहज होस भनेर विभिन्न मन्त्रालय, प्रदेश र स्थानीय तहबाट उपसचिव, अधिकृत र केही सुब्बा तहका कर्मचारी पनि ल्याउने तयारी रहेको स्रोतको दावी छ ।

गत बिहिबार नै स्वास्थ्यमन्त्रीको सचिवालयबाट सामान्यमा सरुवा हुने कर्मचारीको लिष्ट गएतापनि सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ काठमाडौं बाहिर भएका कारण प्रक्रिय अगाडि बढेको थिएन । सोमबार बेलुका उनी काठमाडौँ आएसँगै प्रक्रिया अगाडि बढाउने तयारी रहेको सामान्य प्रशासन मन्त्रालयका एक उच्च अधिकारीले जानकारी दिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा प्रशासनतर्फका सह-सचिव रहने गरी दुई महाशाखा रहेका छन् । हाल प्रशासन महाशाखाको प्रमुख शैलजा रेग्मी छन् भने जनसंख्या व्यवस्थापन महाशाखा प्रमुखको जिम्मेवारी इन्द्र पोखरेलले सम्हालिरहेका छन् ।

सामान्य प्रशासन स्रोतका अनुसार १५ महिना अघि स्वास्थ्य मन्त्रालय आएकी रेग्मीलाई युवा तथा खेलकुद मन्त्रालय ढकालको ठाउँमा पठाउने तयारी छ भने  पोखरेलले पहिलेदेखि नै माग्दै आएको शिक्षा, विज्ञान तथा प्रविधी मन्त्रालय पठाउने तयारी भएको छ । ‘यो हप्ताभित्र एक दर्जन जति सह-सचिवको सरुवा तयारी छ,’ सामान्य स्रोतले भन्यो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ