२०८१ साउन ८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारबेलायतमा ओमिक्रोनबाट एक संक्रमितको मृत्यु, बुस्टर डोज लगाउन प्रधानमन्त्री बोरिसको आग्रह

बेलायतमा ओमिक्रोनबाट एक संक्रमितको मृत्यु, बुस्टर डोज लगाउन प्रधानमन्त्री बोरिसको आग्रह


कोभिड-१९को नयाँ भेरियन्ट ओमिक्रोनबाट बेलायतमा एक जना संक्रमितको मृत्यु भएको छ । सो भेरियन्टको संक्रमणबाट मृत्यु भएको यो पहिलो केस हो।

प्रधानमन्त्री बोरिस जोनसन आफैले उक्त जानकारी दिएका हुन्। जोनसनले देशका नाममा सम्वोधन गर्दै भने, ‘हाम्रो देशमा ओमिक्रोन भेरियन्टले ज्यान लिएको यो पहिलो केस हो । म मानिसहरूलाई यो प्रजाति खतरनाक छैन भनेर सोच्न बन्द गर्न अनुरोध गर्दछु। यस भेरियन्टकारण देशका अस्पतालहरूमा दबाब बढ्दै गएको छ । यसबाट बच्ने सबैभन्दा राम्रो उपाय भनेको सबै वयस्कहरूले बूस्टर डोज लिनु र सावधानीहरू अपनाउनु हो।’

दक्षिण अफ्रिकाका डाक्टरहरूले ओमिक्रोन एक हल्का भाइरस हो भनिरहेको भएता पनि यसलाई लिएर लापरवाही नगर्न प्रधानमन्त्री जोनसनले आग्रह गरेका छन्। ‘यो कति घातक हुन सक्छ, संक्रमितको अस्पतालमा भर्ना हुने जोखिम रहेको तथ्यबाट नै अनुमान लगाउन सकिन्छ, ‘उनले भने,’ओमिक्रोनको एक तूफानी लहर हामीकहाँ आइरहेको छः। साढे २ सातामा दुई करोड बुस्टर डोज दिइनेछ।’


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ