२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारएमबीबीएस, बिडिएस र नर्सिङको प्रवेश परीक्षाको आवेदन १४ पुसबाट खुला हुने

एमबीबीएस, बिडिएस र नर्सिङको प्रवेश परीक्षाको आवेदन १४ पुसबाट खुला हुने


काठमाडौं—चिकित्सा शिक्षा आयोगले एमबीबीएस, बिडिएस र नर्सिङलगायतका चिकित्सा शिक्षातर्फका स्नातक तहको एकीकृत प्रवेश परीक्षाका लागि १४ पुसबाट अनलाइन आवेदन खुला गर्ने भएको छ । आयोगले २८ मंसिरमा निकालेको सूचनामा २०७८—०७९ को शैक्षिक सत्रका लागि १२ विद्याको एकीकृत प्रवेश परीक्षा लिने प्रयोजनका लागि आवेदन खुला गरेको हो ।

एकीकृत प्रवेश परीक्षाको फारम १४ पुसदेखि २० माघसम्म खुला गरिने भएको छ । आवेदन भर्दा नेपाली विद्यार्थीका ४ हजार र विदेशी विद्यार्थीका लागि ८ हजार आवेदन शुल्क निर्धारण गरिएको छ ।

आवेदन भर्दा हिमालय बैकको शाखाबाट र मोबाइल बैकिङबाट समेत शुल्क बुझाउन सकिने आयोगको परीक्षा निर्देशनालयले जनाएको छ ।

आयोगले तीन दिनमा सकिने गरी परीक्षा तालिका पनि सार्वजनिक गरेको छ । तर, मिति भने तोकेको छैन । पहिलो दिन एमबीबीएस, बिडिएस, बिएस्सी नर्सिङ, बिएएसएलपी, बिपर्फुयजन टेक्नोलोजीको परीक्षा हुनेछ ।

दोस्रो दिन बिएएमएस, बिएनएस, बिएस्सी एमएलटी, बिएस्सी एमआईटी, बी फार्म र बी अप्थालेमेट्रीको परीक्षा हुनेछ भने तेस्रो बिपीएचको परीक्षा हुनेछ ।

परीक्षा प्रवेश २ सय पूर्णांकको हुने आयोगले जनाएको छ ।

आयोगले एमबीबीएस, बिडिएस, बिएस्सी नर्सिङ, बीएएसएलपी र बी पफ्र्ययुजन टेक्नोलोजीका लागि इन्ट्रान्स आवेदन दिन प्लस टुमा फिजिक्स, क्यामेष्ट्री र बायोलोजी विषय पढेर विज्ञान समूहमा न्यूनतम ५० प्रतिशत वा २.४ प्रतिशत जिपिए ल्याएको हुनुपर्नेछ । वा ए लेभल वा सो सरह ग्रेडिङ प्रणालीमा भएका अन्य कार्यक्रममा पनि सोही योग्यता चाहिने छ ।

बिएएमएस, बिएस्सी एमएलटी, बिएस्सी एमआईटी, बिपीटी, बी फार्म र बी अप्थोमेट्रीका लागि पनि सोही योग्यता तोकिएको छ । बिएनएसका लागि भने नर्सिङ विषयमा प्रमाणपत्र (डिप्लोमा) तहमा न्यूनतम ५० प्रतिशत अंक प्राप्त गरेको र नेपाल नर्सिङ काउन्सिलको दर्ता प्रमाणपत्र प्राप्त गरेको हुनुपर्नेछ ।

विस्तृत सूचना हेर्न यहाँ क्लिक गर्नुहोस्


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ