२०८० मंसीर २१, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारडा. अरुण मास्केको अध्यक्षतामा सिमोनको नयाँ कार्यसमिति चयन

डा. अरुण मास्केको अध्यक्षतामा सिमोनको नयाँ कार्यसमिति चयन


काठमाडौं—सोसाइटी अफ इन्टरनल मेडिसिन इन नेपाल (सिमोन)को नयाँ कार्यसमिति चयन भएको छ । २५ मंसिरमा होटल शंकरमा भएको साधारणसभाले डा. अरुण मास्केको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

यस्तै सोसाइटीको उपाध्यक्षमा डा. भुपेन्द्रकुमार बस्नेत र महासचिवमा डा. मुकुन्दप्रसाद काफ्ले चयन भएका छन् । यस्तै, सहसचिवमा डा. बिनित वैद्य र कोषाध्यक्षमा डा. नन्दु सिलवाल पौडेल र सह—कोषाध्यक्ष डा. अभिषेक मास्के निर्वाचित भएका छन् ।

सोसाइटीका सदस्यहरुमा डा. रमिला श्रेष्ठ मास्के, डा. संजय लाखे, डा. सुभेशराज कायस्थ, डा. दिपक सिग्देल, डा. अजित खनाल, डा. निरजकुमार सिंह, डा. कृष्णकुमार अग्रवाल, डा. कुन्जंग शेर्पा, डा. दिपेश शाक्य र डा. दुर्गा भण्डारी चयन भएका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ