२०८० मंसीर १५, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारवैज्ञानिकको चेतावनी – ओमेगा-३ को सप्लिमेन्ट लिँदा मुटु रोगको खतरा

वैज्ञानिकको चेतावनी – ओमेगा-३ को सप्लिमेन्ट लिँदा मुटु रोगको खतरा


डाक्टरहरूले प्राय आफ्ना बिरामीहरूलाई मुटु स्वस्थ राख्न ओमेगा-३ फ्याटी एसिडलाई सप्लिमेन्टको रुपमा लिन सल्लाह दिन्छन्। यी सप्लिमेन्टको दैनिक सेवनले शरीरमा कोलेस्ट्रोल घटाएर मुटुलाई स्वस्थ राख्छ भन्ने विश्वास गरिन्छ ।

तर, यी चक्कीहरूमा पाइने एक रसायन, डोकोसाहेक्साएनोइक एसिड (डीएचए) ले दावी विपरित काम गर्ने विज्ञहरुले दावी गरेका छन्। अमेरिकाको इन्टर माउन्टेन हेल्थकेयर हार्ट इन्स्टिच्युट (IHHI) को अध्ययन अनुसन्धानले सो औषधीले हृदयाघात र स्ट्रोकबाट हुने मृत्युको कारण बन्ने देखाएको विज्ञहरुले दावी गरेका हुन् ।

के हो  ओमेगा-३ फ्याटी एसिड ?

हाम्रो स्वास्थ्यको लागि ओमेगा-३ फ्याटी एसिड धेरै आवश्यक हुन्छ । यसले शरीरमा उर्जा दिन्छ। पोलीअनसेचुरेटेड फ्याटी एसिडका यो ग्रुप हाम्रो मुटु, फोक्सो, प्रतिरक्षा प्रणाली र रक्तबाहिनीलाई उपयुक्त ढंगले कार्य गर्न मद्दत गर्छ। यति मात्र नभई यो क्यान्सर सेल्सलाई रोक्न पनि मद्दत गर्छ। ओमेगा-३ फयाटी एसिड कम हुँदा महिलाहरुलाई महिनावारीमा दुखाइ हुने समस्या हुन्छ।

ओमेगा-३ अधिक फ्याटी माछाजस्तो साल्मनमा पाइन्छ। यसको सप्लिमेन्टमा इकोसायानप्यानटोइनिक एसिड (EPA) र डोकोसाहेक्सिनोइक एसिड (DHA) केमिकल्स हुन्छ । रिसर्चको अनुसार, EPA मा हार्ट अट्याक र मृत्युको खतरा कम गर्छ। तर, डीएचले सो खतरा बढाउँछ। मानिसहरुमा मुटु रोग कम हुनुको साटो उल्टो बढ्छ। ओमेगा-३मा अतिकतम सप्लीमेंट्समा यी दुई केमिकल पाइन्छ। बिरामीले सप्लिमेन्ट्सको साटो ओमेगा-३ फ्याटी एसिड पाइने पर्याप्त आहार भोजनमा सामबेश गर्न विज्ञहरुको सुझाव छ।

ओमेगा-३ फ्याटी एसिड कम हुने लक्षण

ओमेगा-३ को कमीले स्किनमा रुखापन आउँछ,
नङ पातलो हुने
जोर्नी दुखाइ,
आँखामा सुख्खापन,
कपाल झर्ने,
महिनावारीमा दुखाइ,
थकान,
निन्द्रामा कमी,
फोकस गर्न नसक्नु,
जोड्ने दुखाइ,

यसबाहेक ध्यान छिटो भड्किनु र डिप्रेशन पनि यसको लक्षणहरू समावेश छन्।

सप्लिमेन्ट बिना कसरी ओमेगा-३ को कम गर्न सकिन्छ ?

यदि तपाईं मांसाहारी हुनहुन्छ भने साल्मन, म्याकेरल, माछा, हेरिंग जस्तो सी-फुड खान सक्नु हुन्छ। कुखुराको मासु र अण्डामा पनि ओमेगा-३ पाइन्छ। शाहाकारीका लागिदूध, ओख्खर, चिया सीड्स, फल्याक सीड्स, राजमा, भटमास र पालुङ्गो जस्ता आहार फ़ाइदाजनक हुन्छ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ