२०८१ भदौ २५, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्यतर्फको छैटौं तहसम्मका कर्मचारीको स्तरवृद्धि प्रदेशलाई दिने तयारी

स्वास्थ्यतर्फको छैटौं तहसम्मका कर्मचारीको स्तरवृद्धि प्रदेशलाई दिने तयारी


काठमाडौं—स्वास्थ्य सेवातर्फको चौथोदेखि छैटौं तहसम्मका कर्मचारीको स्तरवृद्धि सम्बन्धित प्रदेशबाट नै गर्ने गरी स्वास्थ्य सेवा विभागले मन्त्रालयलाई प्रस्ताव गरेको छ । यसअघिका स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डा. आरपी बिच्छाले विभागले नै गर्दै आएको स्तरवृद्धिलाई प्रदेशमा पठाउने गरी स्वास्थ्य मन्त्रालयमा प्रस्ताव पठाएका थिए ।

तर, लामो समयसम्म पनि उक्त प्रस्तावमाथि निर्णय नहुँदा स्वास्थ्यका झण्डै ४ हजार कर्मचारीको वृद्धि विकास रोकिएको छ । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंह कर्मचारीलाई सहज होस् भने र स्तरवृद्धि सम्बन्धित प्रदेशबाटै हुने गरी प्रस्ताव पठाइएको बताउँछन् ।

‘विभागले कर्मचारीलाई काठमाडौंसम्म स्तरवृद्धिकै लागि धाउन नपरोस् भनेर प्रदेशलाई नै जिम्मा दिने प्रस्ताव मन्त्रालयमा पठाएका छौं,’ उनले भने, ‘निर्णय भने भइसकेको छैन । मन्त्रालयले अहिले आएका विभागबाटै गर्न भनेको छ । आगामी दिनका लागि भने मन्त्रालयले केही निर्णय गर्ला ।’

मन्त्रालय स्रोतकाअनुसार प्रदेश र स्थानीय तहमा समायोजन भएका स्वास्थ्यका कर्मचारीहरुको स्तरवृद्धिका लागि प्रदेशलाई जिम्मा दिने विषयमा सामान्य प्रशासन मन्त्रालयलाई सोधेर निर्णय गर्ने तयारी गरेको छ । तर, अहिलेसम्म सो प्रक्रिया भने मन्त्रालयले अगाडि बढाएको छैन ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ