काठमाडौँ – औषधी व्यवस्था विभागले १७ वटा औषधी पसललाई कारबाही गरेको छ । विभागले सूचना प्रकाशित गरी कार्तिक महिनामा बजार अनुगमनका क्रममा त्रुटि फेला परेका १७ वटा पसललाई कारबाही गरेको जनाएको हो।
विभागका अनुसार ती औषधी पसलहरुमा कतै लाइसेन्स प्राप्त गर्ने व्यक्ति पसलमा नभएको पाइएको, विना दर्ता पसल खोलिएको र औषधी विक्री गरिएको बिल भर्पाइ नभएको पाइएको आधारमा कारवाही गरिएको हो।
राधाकृष्ण पोलिक्लिनिक प्रालि, आसिन मेडिकल हल, म्हसिका फार्मेसी, कीर्तिपुर सामुदायिक स्वास्थ्य केन्द्र, स्माइल केयर फार्मेसी, जनसेवा फार्मेसी, धुव्रतारा भेटेरीनरी सेन्टर, विराज औषधी पसल र कम्युनिटी वेलनेस सेन्टर प्रा.लि निलम्बनमा परेका छन्।
यस्तै, असम मेडिकल हल, सभ्यता मेडिकल हल, निर्जल फार्मेसी र सुखायु आयुर्वेदिक, , स्याउला वास.पस, दीर्घायु मेडिको फर्मा, दीपक फार्मेसी, युजल फार्मेसी पनि निलम्बित भएका छन्।
