२०८० मंसीर १४, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारथप १८१ जना संक्रमण पुष्टि, १को मृत्यु

थप १८१ जना संक्रमण पुष्टि, १को मृत्यु


काठमाडौँ – देशभर १८१ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयले दिएको विवरण अनुसार पछिल्लो २४ घण्टामा थप १८१ जना कोरोना संक्रमित थपिएका हुन्।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २८९ जना कोरोनामुक्त हुनुको साथै एक संक्रमितको मृत्यु भएको छ । नेपालमा कोभिड-१९बाट मृत्यु हुनेको कुल संख्या ११ हजार ५७३ पुगेको छ ।

आइतबार देशभर सक्रिय संक्रमितको संख्या ५ हजार २७१ छ । २४ घण्टामा ९७ हजार २६ जनाले खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ