२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारअस्पतालमा हुनुपर्छ यस्तो खानेपानी र सरसफाइ, सरकारले बनायो मापदण्ड

अस्पतालमा हुनुपर्छ यस्तो खानेपानी र सरसफाइ, सरकारले बनायो मापदण्ड


काठमाडौं—सरकारले स्वास्थ्य संस्थाका लागि खानेपानी, सरसफाइ तथा स्वच्छता सम्बन्धि राष्ट्रिय मापदण्ड बनाएको छ । सबै स्वास्थ्य संस्थाहरुबाट पर्याप्त र सुरक्षित खानेपानी, सरसफाइ तथा स्वच्छताको गुणस्तरीय सेवा प्रदान गर्नका लागि स्वास्थ्य सेवा विभागले मापदण्ड तयार पारेको हो ।

स्वास्थ्य संस्थाहरुमा खानेपानी, सरसफाइ र स्वच्छता सम्बन्धि आवश्यक सावधानी नपनाए संक्रामक रोगको उच्च जोखिम हुने सम्भावना भएको हुँदा सो मापदण्ड तयार गरिएको उल्लेख छ ।

स्वास्थ्य संस्थाहरुमा २४ सैं घण्टा पानीको उपलब्धता हुनुपर्ने, बिरामी जाँच्ने कोठा, प्रसुती कक्ष, प्रयोगशाला र हात धुने स्थानमा प्रतिमिनेट ५ लिटर पानी अनिवार्य रुपमा सुचारु हुनुपर्नेछ । त्यसैगरी प्रत्येक स्वास्थ्य संस्थामा पिउने पानी, हात धुन शौचालयमा प्रयोग गर्ने पानी, खाना तयार गर्न, कपडा धुन, सरसफाइ गर्न बगैचा र चिकित्सकीय प्रयोगका लागि सहज रुपमा नियमित पानी उपलब्ध हुनुपर्नेछ । पानीको वैकल्पिक स्रोतको अनिवार्य व्यवस्था समेत स्वास्थ्य संस्थाले गरेको हुनुपर्नेछ ।

स्वास्थ्य संस्थामा कम्तिमा दुई दिनसम्म पुग्ने पानी भण्डार क्षमता भएको जगेडा गरिएको हुनुपर्नेछ । मापदण्डअनुसार राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड २०६२ को मापदण्ड पूरा गरेको पानीमात्र प्रयोगमा ल्याउन पाइनेछ । स्वास्थ्य संस्थामा प्रयोग हुने पानी स्वादहीन, रंगहीन र शुद्ध हुनुपर्नेछ । मापदण्डअनुसार चिकित्सकीय प्रयोजनका लागि प्रयोग हुने पानी गुणस्तरीय र हेमोडाइलाइसिस वा बालबालिकालाई नुहाउने पानी उच्च गुणस्तरीय हुनुपर्नेछ ।

त्यसैगरी सरसरफाइ तथा स्वच्छता सम्बन्धि मापदण्डमा बिरामी, बिरामीका आफन्त, आगन्तुका लागि सुधारिएको र पहुँचयुक्त शौचालयको सुविधा हुनुपर्नेछ । शौचालय बालबालिका, लैगिंक तथा अपांगमैत्री हुनुपर्नेछ । शौचालय सुविधामा गोपनीयताको हक सुनिश्चित गरिएको हुनुपर्नेछ ।

स्वास्थ्य संस्थाबाट उत्सर्जन हुने फोहोर मैला व्यवस्थापन नेशनल हेल्थकेयर वेस्ट म्यानेजमेण्ट स्ट्यान्डर्ड एण्ड अप्रेशन प्रोसिडियुर, २०२० बमोजिम हुनुपर्ने मापदण्डमा उल्लेख छ । हरेक फोहोरमैलालाई सबैभन्दा सुरक्षित तरिकाले व्यवस्थापन र विसर्जन गर्नुपर्नेछ ।

 यस्तो छ मापदण्ड


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ