२०८२ असार २२, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारमौसम खराबीका कारण चीनबाट ल्याइएको १२ लाख डोज फिर्ता, भारतबाट १८ लाख बढी डोज आइपुग्यो

मौसम खराबीका कारण चीनबाट ल्याइएको १२ लाख डोज फिर्ता, भारतबाट १८ लाख बढी डोज आइपुग्यो


काठमाडौँ – मौसम खराबीका कारण जाहाज अवातरण गर्न नसकेपछि चीनबाट ल्याइएको  १२ लाख डोज  कोभिड-१९ विरुद्धको खोप फिर्ता भएको छ । सोमबार बिहान  त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा भिजिबिलिटी कम भएर कम भएर जहाज अवातरण गर्न नसके पछि चीनबाट ल्याउन लागिएको १२ लाख १ हजार ८ सय ६६ डोज खोप फिर्ता पठाइएको हो ।

स्वास्थ्य सेवा विभागका अनुसार मौसमका कारण नेपाल भित्राउन नसकिएको उक्त खोप भोलिसम्म नेपाल ल्याउने तयारी छ ।

भारतबाट  कोभ्याक्स सुविधाअन्तरर्गतको १८ लाख ७० हजार ५ सय डोज खोप नेपाल आइपुगेको छ । कतार एयरलाइन्सबाट सोमबार दिउँसो उक्त खोप नेपाल आइपुगेको हो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ