२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारचिकित्सा शिक्षा आयोगले प्रष्ट पार्दै भन्यो, ‘अतिरिक्त शुल्क शिक्षण शुल्क भित्रै पर्छ’

चिकित्सा शिक्षा आयोगले प्रष्ट पार्दै भन्यो, ‘अतिरिक्त शुल्क शिक्षण शुल्क भित्रै पर्छ’


काठमाडौँ – चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातक तह अध्यापनका लागि लाग्ने भनिएकको अतिरिक्त शुल्कबारे स्पष्ट पारेको छ। आयोगले मंगलबार सूचना जारी गरी मेडिकल कलेजहरुले विभिन्न शिर्षकमा अतिरिक्त शुल्क लिएको भनि निवेदन आएको हुँदा सो शुल्क बारे स्पष्ट पारिएको जनाएको छ।

अनिवार्य नभएका विषयमा अनिवार्य भन्दै अतिरिक्त शुल्क लिँदा छात्रवृत्तितर्फ कानूनले संरक्षण गरेका अतिन्यून आयस्रोत भएका विद्यार्थी पढाइबाट बञ्चित नहुने स्थिति पैदा हुने हुँदा अतिरिक्त शुल्क नलिन आयोगले नलिन निर्देशन दिएको  छ।

शिक्षण शुल्कभित्र विश्वविद्यालय रजिष्ट्रेशन शुल्क, आन्तरिक तथा विश्वविद्यालय परीक्षा शुल्क, फरेन्सिक पोष्टिङ, फिल्ड भिजिट, इन्टर्नसीप शुल्क, आवेदन शुल्क र सम्बन्धन शुल्क जस्ता विद्यार्थीहरुको पढाई पुरा गर्न आवश्वयक पर्ने शैक्षिक क्रियाकलापजन्य शुल्क समेत समावेश रहेकोले थप शुल्क नलाग्ने सूचनामा उल्लेख छ।

सूचनामा उल्लेख भएजस्ता शीर्षकमा शुल्क लिएमा राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ का दफा १४ को उपदफा १ आकर्षिकत हुने जानकारी आयोगले गराएको छ।

हाल मेडिकल कलेजहरुले विभिन्न शिर्षकमा अतिरिक्त शुल्क मागेको भन्दै विद्यार्थीहरु आन्दोलनमा उत्रिएका छन्।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ